ह्वाइट हाउस छाडेपछि ओबामा परिवार बस्ने घर (फोटोफिचर)

२०७३ जेष्ठ १३ गते ०९:४५ मा प्रकाशित


एजेन्सी - अमेरिकी राष्ट्रपतिबाट बाराक ओबामाले दुई कार्यकाल पुरा गरि सन् २०१७मा उनी ह्वाइट हाउसबाट बाहिरिदैछन् ।

अधिकांश अमेरिकी राष्ट्रपति ह्वाइट हाउसबाट बाहिरिएपछि राजधानी वासिंटन बाहिर रहेर आफ्नो नीजि जीवन बिताउँदै आएका भए पनि ओबामा भने राजधानी मै रहने भएका छन् । छोरीको पढाई पुरा नभएका कारण उनी राजधानी मै बस्ने भएका हुन् ।

ओबामाका लागि बस्ने घरको बन्दोबस्तसमेत भइसकेको छ । वासिंटन डिसीको उत्तरपश्चिममा रहेको क्यालोरेमा एरियास्थित एउटा घर ओबामा परिवारको रोजाईमा परेको छ । कान्छी छोरी साशाको विद्यालय नजिकै भएका कारण ओबामा परिवारले यो घर रोजेका हुन् ।

ओबामाले रोजेको घर भएको क्षेत्र ‘हाइ प्रोफाइल’ हरुको बासोबास क्षेत्र हो । यहाँ बेलायत, युरोपेली युनियन, फ्रान्स, पोर्चुगलका राजदुतहरु बस्दै आएका छन् । साथै टर्की, जापान, दक्षिण कोरिया, इटली, डेनमार्क लगायत विभिन्न मुलुकका राजदुतावास पनि नजिकै छन् ।

नौ बेडरुमसहितको घर ओबामा परिवारका लागि रोजिएको हो । ८ हजार दुई सय वर्ग फिटको यो घरमा बगैंचा, पार्किङको पनि राम्रो सुविधा छ ।

You may also Like this

थप समाचार

नेयमारले आगामी खेल गुमाउन सक्ने
नेयमारले आगामी खेल गुमाउन सक्ने

काठमाडौं । ब्राजिलियन स्टार नेयमारले रुस विश्वकपको बाँकी खेल गुमाउनसक्ने भएका छन् । विश्वकपको पहिलो खेलको क्रममा भएका फाउलहर ...

शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक
शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक

एजेन्सी । बलिउडका किङ खान शाहरुखको फिल्म ‘जीरो’को टिजर सार्वजनिक भएको छ । अभिनेता शाहरुखले आफ्नो फ्यानहरुलाई मुस ...

बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले यहि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई स ...

बालकृष्ण ढुंगेललाइ माफी दिने तयारी
बालकृष्ण ढुंगेललाइ माफी दिने तयारी

सरकारले कर्तव्य ज्यान मुद्धामा जेलसजाय भोरिहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...