वेस्ट ह्यामका प्रशिक्षक बर्खास्त

२०७४ कार्त्तिक २१ गते ०८:२२ मा प्रकाशित


लण्डन । प्रिमियर लिग टोली वेस्ट ह्याम युनाइटेडले साढे दुई वर्ष क्लब सम्हालेका प्रशिक्षक स्लाभान बिलिचलाई बर्खास्त गरेको छ । बिलिचलाई वेस्ट ह्यामको खराब सुरुवातका कारण बर्खास्त गरिएको हो ।

bilic-e1509983232414
वेस्ट ह्यामले यो साता प्रिमियर लिगमा लिभरपुलसँग घरेलु मैदानमा ४(१ ले पराजय भोगेको थियो । त्यस अघि पुछारमा रहेको क्रिस्टल प्यालेससँग २(२ को बराबरी खेलेको थियो भने ब्राइटनसँग ३(० ले हारेको थियो ।

“हामी स्लाभान बिलिचप्रति उनको साढे दुई वर्षको कार्यकालका लागि आभारी छौं । तर अब क्लबलाई परिवर्तनको खाँचो रहेको छ,” वेस्ट ह्यामले आफ्नो ट्विटरमा लेखेको थियो । बिलिचसँगै उनको सहायक टिमले पनि क्लब छोड्ने छ ।

बिलिच पहिले स्वयम् वेस्ट ह्यामका खेलाडि थिए । सन् १९९६ देखि १९९७ सम्म उनले १८ महिना डिफेन्डरका रुपमा वेस्ट ह्यामबाट खेलेका थिए । त्यस्तै क्रोएसियाका प्रिशिक्षक रहिसकेका बिलिच २०१५ मा स्याम एलर्डाइसको ठाउँमा वेस्ट ह्याम आएका थिए ।

आफ्नो पहिलो सिजनमा वेस्ट ह्यामलाई सातौं स्थानमा पुर्‍याएका बिलिचले यस वर्ष भने राम्रो नतिजा निकाल्न निकै संघर्ष गरिरहेका थिए । हाल ११ खेलमा २ जितसहित ९ अंकका साथ वेस्ट ह्याम १८ औं स्थानमा रहेको छ ।-एजेन्सी

You may also Like this

थप समाचार

रियललाई क्लब विश्व कपको उपाधि
रियललाई क्लब विश्व कपको उपाधि

क्रिस्टियानो रोनाल्डोले एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले लगातार दोस्रो पटक क्लब विश्व कपको उपाधि जितेको छ । ग्रिमिओलाई ...

​हुस्सुका कारण तराईको जनजीवन प्रभावित
​हुस्सुका कारण तराईको जनजीवन प्रभावित

हुस्सुका कारण तराईका जिल्लाहरुको जनजीवन आइतबार पनि प्रभावित भएको छ । शनिबारदेखि तराईमा बाक्लो हुस्सु लागेको छ । तर हुस्सु लाग ...

धनुषा १ बाट मातृका यादव विजयी
धनुषा १ बाट मातृका यादव विजयी

काठमाडौं । धनुषा १ बाट माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव विजयी भएका छन् । उनले संघीय समाजवादी फोरम नेपालका दीपक कार्क ...

मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित
मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित

काठमाडौं । स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...