बायर्न म्युनिखले उचाल्यो जर्मन लिगको उपाधि

२०७४ बैशाख १७ गते १२:०४ मा प्रकाशित


waryaan-munikh_1काठमाडौं, वैशाख १७ । जर्मन फुटबल क्लब बायर्न म्युनिखले लगातार पाँचौ पटक जर्मन लिग फुटबलको उपाधि जितेको छ ।

गएराति भएको खेलमा उल्फवर्गलाई ६–० ले पाखा लगाउँदै बायर्न म्युनिखले कीर्तिमानी २७ औं पटक लिगको उपाधि उचालेको हो । गएरातिको खेलमा बायर्न म्युनिखलाई विजयी गराउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने डेभिड अलाबा, आर्यन रोबेन, थोमस मुलर र जोसुवा किमिचले एक–एक गोल गरे ।

बायर्न म्युनिखको यो उपाधिसँगै ईटालीयन प्रशिक्षक कार्लो एन्सेलोटीले युरोपका शीर्ष चार देशको प्रिमियर लिग जितेका छन् । एन्सेलोटीले यसअघि एसी मिलानलाई ईटालीयन लिग, चेल्सीलाई इङ्लिस प्रिमियर लिग र पेरिस सेन्ट जर्मेनलाई फ्रेन्च लिगको उपाधि जिताएका थिए ।

युरोपको शीर्ष ५ लिगमध्ये चार वटा लिगको उपाधि जित्ने एन्सेलोटी पहिलो फुटबल म्यानेजर बनेका छन् । उनले स्पेनीस लिगको उपाधि जित्न भने बाँकी छ ।

You may also Like this

थप समाचार

जलेश्वर नगरमा राजपाका मिश्रले मारे बाजी
जलेश्वर नगरमा राजपाका मिश्रले मारे बाजी

७ असोज । जलेश्वर नगरपालिकामा राजपाका राम शंकर मिश्र प्रमुखमा निर्वाचित भएका छन् भने उपप्रमुखमा राजपाकै मुन्चुन देवी निर्वाचित ...

तिब्र गतिका कारण बस पल्टियो, १० जना यात्रु गम्भीर

कञ्चनपुर, असोज ७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४ ...

हरिवनमा एमालेका प्रसाई मारे बाजी
हरिवनमा एमालेका प्रसाई मारे बाजी

७ असोज, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरसहित अधिकांश पदहरु जितेको छ । शनिबार सम्पन्न मतगणनाम ...

वीरगञ्ज महानगर को पछिल्लो अपडेट

७ असोज । वीरगञ्ज महानगरपालिका अपडेटः प्रमुख कांग्रेस -७३१४ फोरम - ६८२५ राजपा - ५२१२ एमाले - ३६५२ माओवादी - ३६४४ लो।फोरम - २५३ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...