भ्रष्टाचारको मुद्दाप्रति ब्राजिलका राष्ट्रपति आक्रोशित

२०७४ भदौ २८ गते १०:५१ मा प्रकाशित


misil-timiyrकाठमाडौं, भदौ २८ । ब्राजिलका राष्ट्रपति मिसेल टेमेयरले भ्रष्टाचारको आरोप लगाएर न्यायालयले व्यक्तिको प्रतिष्ठा ध्वस्त पारेको आरोप लगाएका छन् ।


सर्वोच्च अदालतका एकजना न्यायाधीशले टेमेयर विरुद्ध नयाँ भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्न अधिकार दिएको केही घण्टापछि नै टेमेयरले विज्ञप्ति मार्फत यस्तो आरोप लगाएका हुन् ।

हरेक दिन आरोपितको प्रतिक्रिया बिना व्यक्तिगत अधिकार हनन् भइरहेको उनले उल्लेख गरेका छन् ।

ब्राजिलका अन्य नेताहरुसहित राष्ट्रपति टेमेयर ‘अपरेशन कार वाश’ भनिने भ्रष्टाचार काण्डमा तानिएका छन् । उनले भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन् ।
‘अपरेशन कार वाश’ ब्राजिलको सबैभन्दा ठूलो भ्रष्टाचार अनुसन्धान हो ।

यसमा उच्च तहका व्यक्तिका लागि दिइएको घुसबारे तीन वर्षदेखि अनुसन्धान भइरहेको छ ।

अनुसन्धानमा अघिल्ला दुई राष्ट्रपति पनि मुछिएका छन् । ब्राजिलमा एक पछि अर्को गरी राष्ट्रपतिहरु भ्रष्टाचार काण्डमा मुछिएका छन् । -एजेन्सी

You may also Like this

थप समाचार

महानगरपालिकाले २५ करोड खर्चिएर खाल्डा पुर्ने
महानगरपालिकाले २५ करोड खर्चिएर खाल्डा पुर्ने

काठमाडौं, कात्तिक २० । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने भएको ...

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...