भोलि रातिबाटै मत गणनाः निर्वाचन आयोग

२०७४ बैशाख ३० गते १४:०१ मा प्रकाशित


Election-Commission-Nepal_1काठमाडौँ, बैशाख ३० । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको मतदान लगत्तै सम्बन्धित स्थानीय तहको केन्द्रमा मतगणना सुरु गर्ने भएको छ। आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, २ सय ८३ वटै स्थानीय तहमा एकसाथ मतगणना हुनेछ। उनले यससम्बन्धी अधिकार निर्वाचन अधिकृतको कार्यालयलाई दिइएकोले मतगणना सम्बन्धमा आयोगले थप नयाँ निर्णय गर्नु नपर्ने समेत बताए।

मतपेटिका ओसार(पसार गर्दा सुरक्षामा जटिलता आउनसक्ने भएकाले सदरमुकामसम्म नलैजाने र स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने आयोगले जनाएको नेपालखबरलाई जानकारी दिए। दोस्रो चरणको निर्वाचनसम्म मतगणना पर्खिने कि नपर्खिने भन्ने द्विविधाबीच मतपेटिका गणनास्थल पुगेपछि प्रक्रिया पुरा गरेर मतगणना सुरु गरिने भएको हो। मतगणना कहिलेबाट र कहाँ गर्ने भन्ने अधिकार निर्वाचन ऐनले नै निर्वाचन अधिकृतको कार्यालयलाई प्रदान गरेको हो।

निर्वाचन अधिकृतको कार्यालयले स्थानीय राजनीतिक दलसँगको समझदारीमा मतगणना हुने स्थान तथा समय टुंगो लगाउने र त्यसबारे सूचना टाँसेर जानकारी दिने कानुनी व्यवस्था छ। हरेक गाउँपालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय खुलेकाले सोही कार्यालयमै हरेक वडा र तहको मतगणना हुनेछ।

आयोगले वैशाख ३१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । साँझ ५ बजेसम्म मतदानको समय तोकिए पनि ५ बजेसम्म लाममा बसेकाले आफ्नो मत राख्न पाउनेछन्। दिनभरिको थकाइ, मतपेटिका संकलन, गणना गर्ने स्थल छनोटलगायत प्राविधिक काम गर्नुपर्ने भएकाले जेठ १ गतेबाट सबै ठाउँमा गणना सुरु हुनसक्ने आँकलन गरेको आयोगले केही स्थानमा ३१ गते रातिबाटै मतगणना सुरु हुने जनाएको छ।

पहिलो चरणमा तीन प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा १३ हजार ५ सय ५६ जनप्रतिनिधिका लागि ४९ हजार तीन सय ३७ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। उनीहरुलाई ४९ लाख ५६ हजार नौ सय पच्चीस मतदाताले मतदान गर्नेछन् । निर्वाचन आयोगले मनाङ, डोल्पालगायत केही हिमाली जिल्लाका मतपेटिका सम्बन्धित तहमा लैजान हेलिकोप्टरको प्रयोग गर्ने तयारी गरेको छ।

निर्वाचन सम्पन्न भएको तीन घन्टाभित्र मतदान अधिकृतको कार्यालयसम्म मतपेटिका पुर्‍याउने तयारी गरेको निर्वाचन आयोगले आवश्यक परेका अन्य स्थानमा समेत हेलिकोप्टरबाट मतपेटिका ओसारपसार गर्ने भएको छ। मतपत्र र मतपेटिकाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ।

You may also Like this

थप समाचार

प्रधानमन्त्रीले विशेष सम्बोधन गर्दै
प्रधानमन्त्रीले विशेष सम्बोधन गर्दै

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मंगलबार ३ बजेमात्र सम्बोधन गर्नु हुने भएको छ ।  अहिले १ ...

ठमेलमा दुर्घटना, बालकको ज्यान गयो
ठमेलमा दुर्घटना, बालकको ज्यान गयो

काठमाडौँ, जेठ ९ । गएराति ठमेल नजिकै गल्कोपाखामा भएको सडक दुर्घटनामा नौ वर्षका दीपेश विकको मृत्यु भएको छ । नुवाकोट शिवपुर गाउँ ...

एरिनामा विस्फोट, १९ को ज्यान गयो
एरिनामा विस्फोट, १९ को ज्यान गयो

९ जेठ, काठमाडौं । बेलायतको म्यानचेष्टर शहरमा भएको बम विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने ५० बढी घाइते भएका छन् । विस ...

ललितपुरमा एमाले उम्मेदवार २ मतले हारे

८ जेठ, ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर २१ र २२ मा माओवादी केन्द्रको प्यालन नै विजयी भएको छ । २२ नम्बर वडामा नेकपा एम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...