मतगणना किन ढिलो, कसरी छिटो बनाउने ?

२०७४ जेष्ठ २ गते १२:२१ मा प्रकाशित


election-commission-काठमाडौं, जेठ २ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणनालाई छिटो बनाउने उपायबारे छलफल थालेको छ। मतगणना एकदमै ढिलो भएको गुनासो धेरै आएपछि आयोगले छलफल थालेको हो। सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतसँग छलफल गरेर जनशक्ति थप गर्न आयोग तयार रहेको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बताए।

कति जनशक्ति प्रयोग गर्ने र कसरी मतगणना गर्ने भन्ने अधिकार निर्वाचन अधिकृत हो, सचिव मैनालीले भने, उहाँहरूलाई सहयोग र समन्वय गर्न हामी तयार छौं।

उनी केही समयअघि काठमाडौं महानगरपालिकाको मतगणना स्थल राष्ट्रिय सभागृह गएका थिए। उनले मतगणनाको गति बढाउन निर्देशन समेत दिएका थिए।

मतपत्र लामो भएको र एउटै मतपत्रमा सात पदको मत गणना गर्नु पर्ने हुँदा मतगणना गर्न बढी समय लाग्ने आयुक्त इला शर्माको भनाइ छ।
संसदीय निर्वाचनमा एउटा मात्रै पदको निर्वाचन हुन्छ, मतगणना छिटो हुन्छ, उनले भनिन्, स्थानीय निर्वाचनमा त्यसको तुलनामा केही ढिलो नै हुन्छ।
सबै दलका प्रतिनिधि राखेर मत गणना हुने र प्रत्येक मतपत्रमा सबै प्रतिनिधिलाई देखाएर मात्रै गणना गरिने हुँदा समय लाग्ने उनले बताइन्। कुनै मतपत्रमा विवाद भएमा फेरि गणना गर्नु पर्ने हुनसक्छ।

यसैबीचमा पनि जनशक्ति थप गरेर मतगणनाको गति बढाउन आयोगले आवश्यक भूमिका निर्वाह गर्ने उनले बताइन्।
ुतालिम प्राप्त र जवाफदेही जनशक्ति नै चाहिन्छ, उनले भनिन्, ुहामीसँग जति जनशक्ति छ,त्यसलाई अधिकतम प्रयोग गरेर मतगणनाको गति बढाउनु पर्छ।ु

काठमाडौं महानगरपालिकामा हिजोदेखि रातभर एक ठाउँमा वडा नम्बर १को मात्रै मतगणना भएको थियो। वडा नम्बर ३२को मतपेटिका खोलेपछि २ ठाउँमा मतगणना भइरहेको छ।

एउटै वडाको पनि तीन वा चार समूह बनाएर गणना गर्ने विषयमा छलफल भएको छ।
करिब १ लाख ९० हजार मत खसेको काठमाडौं महानगरपालिकामा अहिलेसम्म करिब १ हजार मत मात्रै गणना भएको छ।

You may also Like this

थप समाचार

कतारमा खाद्य संकट र सामान आयातमा नो प्रोब्लमः कतारी अर्थमन्त्री
कतारमा खाद्य संकट र सामान आयातमा नो प्रोब्लमः कतारी अर्थमन्त्री

जेठ ३० – कतारका अर्थमन्त्री अली सरिफ अल इमादीले कतारमा खाद्य संकट नभएको बताउनु भएको छ । कतारले आतंकवादलाई सहयोग गरेको भ ...

‘भरतपुरमा माओवादीले मतपत्र च्यात्न लगाएको आरोप !
‘भरतपुरमा माओवादीले मतपत्र च्यात्न लगाएको आरोप !

भरतपुर । नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले दोश्रो चरणको निर्वाचन नगर्ने खेल सुरु भएको बताएका छन् । सरकार र राजपाले ...

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल
एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल

२९ जेठ । पाल्पाको रामपुर नगरपालिकामा नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच चुनावी तालमेल भएको छ । एमालेका जिल्ला अध्यक् ...

पेलेर चुनाव गरिए देशका लागि घातकः महतो
पेलेर चुनाव गरिए देशका लागि घातकः महतो

विराटनगर : राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ मा गर्ने निर्णय गरेर सरका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...