भक्तपुर नगरपालिकामा नेमकिपाको जित सुनिश्चित

२०७४ जेष्ठ ५ गते १८:०५ मा प्रकाशित


madal_1भक्तपुर, जेठ ५ । भक्तपुर नगरपालिकाको प्रमुखमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापतिको जित सुनिश्चित भएको छ ।


भक्तपुरका १० मध्ये ८ ओटा वडाको मतगणना सम्पन्न हुँदा नेमकिपाका प्रजापतिले नेपाली कांग्रेसका रामप्रसाद कासुलाभन्दा झन्डै चौब्बर मतअन्तरले अग्रता लिएका हुन् ।

पछिल्लो मतगणनामा प्रजापतिले २० हजार एक सय ९४ र कासुलाले पाँच हजार छ सय १७ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा पनि नेमकिपाकी रजनी जोशीको जित पक्का भएको छ । जोशीले २० हजार तीन सय ३३ र कांग्रेसकी गंगालक्ष्मी अवालले पाँच हजार दुई सय ९४ मत प्राप्त गरेका छन् ।

मतगणना सम्पन्न भएका ८ ओटै वडामा नेमकिपाको समूह नै विजयी भएको छ ।

विजयी हुने वडाध्यक्षमा क्रमशः श्यामकृष्ण खत्री, हरिप्रसाद वासुकला, राजकृष्ण गोरा, कुमार चवाल, प्रेमगोपाल कर्माचार्य, हरिराम सुवाल, उकेश कवां र महेन्द्र खायमली छन् ।

त्यसैगरी, मध्यपुर थिमी नगरपालिकाको मतगणना सम्पन्न भएका चारओटा वडामध्ये सबै वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्राप्त परिणामानुसार मध्यपुर–१ मा सुरज खड्का, २ मा राम थापामगर, ३ मा प्रेमबहादुर कुटु र ४ मा कुमार श्रेष्ठ विजयी भएका हुन् ।

मध्यपुर वडा नम्बर–१ र ३ मा कांग्रेसको समूह तथा वडा नम्बर–२ मा नेकपा एमालेले महिला सदस्य एक र वडा नम्बर–४ मा खुला सदस्यमा जित हासिल गरेको छ ।

सूर्यविनायक नगरपालिकामा पनि मिश्रित परिणाम आएको छ । सूर्यविनायकका पाँचओटा वडाको नतिजा सार्वजनिक हुँदा काँग्रेसले दुई र एमालेले तीनओटा वडामा अध्यक्ष जितेको छ ।

सूर्यविनायक–१ मा एमालेका सानुकाजी कायस्थको समूहले जित हासिल गरेको छ भने वडा नम्बर–२ मा कांग्रेसले खुला एक सदस्यबाहेकमा कमलनाथ आचार्यको नेतृत्वमा जित हासिल गरेको छ ।

वडा नम्बर–३ मा कांग्रेसका शिवशरण खत्रीको समूह तथा वडा नम्बर–४ मा एमालेका उत्तम थापा र ५ मा राजकुमार जोशीको समूह विजयी भएको छ ।

चाँगुनारायणमा भने अहिलेसम्म वडाध्यक्षमा कांग्रेसका क्रमशः राजेश खड्का र शिवहरि केसीका समूह विजयी भएका छन् । रासस

You may also Like this

थप समाचार

एउटै चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे
एउटै चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे

काठमाडौं, साउन ६ । हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे । कहिले लेन ...

बम हातले समातेर फ्याँक्ने हबल्दार असईमा बढुवा !
 बम हातले समातेर फ्याँक्ने हबल्दार असईमा बढुवा !

काठमाडौं, साउन ५ । पहिचान हुन नसकेको समूहले फ्याँकेको बम पक्रिएर हाली दुर्घटना हुनबाट जागाउने प्रहरी हबल्दारलाई दुर्गाबहादुर ...

विराटनगर महानगरः सडक स्तरोन्नतिका लागि काम चालु !
विराटनगर महानगरः सडक स्तरोन्नतिका लागि काम चालु !

५ साउन । विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रको विकासका लागि एकैपटक १४ ओटा सडकको स्तरोन्नतिका लागि काम सुुरु गरेको छ । ने ...

सवारी दुर्घटनाका कारण १६३ को मृत्यु
सवारी दुर्घटनाका कारण १६३ को मृत्यु

५ साउन, चितवन । गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाएका छन् । जसमा २४१ जना गम्भीर र ३३४ जना सामान्य घाइते भएका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...