मतदानको दिन सवारी साधन नचल्नुको कारण यस्तो !

२०७४ बैशाख ३० गते १०:२१ मा प्रकाशित


31-baishaak३० वैशाख , काठमाडौं । यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरिएको छ ।

निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा सवारीसाधन चलाउन निषेध गर्ने निर्णय गरिसकेको छ। यसपटक मतदानको दिन बिहान पाँच बजेदेखि बेलुका सात बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन ठप्प हुनेछन् ।


तर मतदाता परिचयपत्र लागू गरेपछि सवारीसाधन सञ्चालन गर्न निषेध गर्नु उचित नभएको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् ।

‘मतदानका दिन सवारीसाधन सञ्चालन ठप्प पार्ने हाम्रोमा परम्परा नै बनेको छ। विगतमा यो स्वाभाविक पनि थियो किनभने एउटा मतदाताले धेरै ठाउँ पुगेर मत हाल्नसक्ने सम्भावना रहन्थ्यो’, केही समयअघि राजनीतिमा सक्रिय खनाल भन्छन्, ‘मतदाता परिचयपत्र लागू भइसकेको अवस्थामा अब सवारीसाधन निषेध गर्नु आवश्यक छैन।’

विदेशमा मतदानका दिन बिदासमेत दिन छाडिएको उल्लेख गर्दै उनले नेपालले पनि अब यस्ता कुरामा ध्यान दिनुपर्ने बताए । ‘विदेशमा हुने अभ्यासबाट पनि हामीले राम्रा कुरा सिक्नुपर्छ। निर्वाचनको व्यवस्थापनलाई हाउगुजी बनाउनु हुँदैन’, उनले भने ।

खनालको भनाइमा पूर्वराजदूत जयराज आचार्य पनि सहमति जनाउँछन् । आचार्य भन्छन्, ‘सुरक्षा व्यवस्थापनका दृष्टिले सवारीसाधन ठप्प पार्न लागिएको हो भने यसबारे पुनर्विचार गर्नुपर्छ। हामीले सर्वसाधारणको आवागमन सहज बनाउनुपर्छ। बरु सबैलाई आवतजावत सजिलो बनाइदिनुपर्छ।’ आचार्यले आफू जापान र थाइल्यान्ड बस्दा मतदानको दिन सवारी सञ्चालनमा कुनै रोकटोक नभएको अनुभव सुनाए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

You may also Like this

थप समाचार

महले फिल्म ‘सत्रु गते’ निर्माण गर्दै
महले फिल्म ‘सत्रु गते’ निर्माण गर्दै

काठमाडौँ, असोज १ । वरिष्ठ हास्य कलाकार द्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले फिल्म ‘सत्रु गते’ निर्माण गर ...

मतदानको दिन सवारी साधन नचल्नुको कारण यस्तो !
मतदानको दिन सवारी साधन नचल्नुको कारण यस्तो !

३० वैशाख , काठमाडौं । यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरि ...

घुस खाने नासु पक्राउ
घुस खाने नासु पक्राउ

खोटाङ, वैशाख २० – अहेवको करार पदमा जागिर लगाइदिने नाममा परीक्षार्थीबाट रकम लिएको आरोपमा जिल्ला अस्पताल खोटाङका नासु केद ...

तलब नपाएको भन्दै शिक्षकले परीक्षानै रोकेपछि...
तलब नपाएको भन्दै शिक्षकले परीक्षानै रोकेपछि...

कञ्चनपुर, वैशाख १४ । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा कम्युटर विज्ञान तथा प्रविधि अन्र्तगत भइरहेको तेस्रोे सेमेस्टरकोे अन्तिम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...