भरतबहादुर बगरमा पसिना बगाएर मासिक २ लाख कमाउछन्

२०७४ साउन १० गते १६:०७ मा प्रकाशित


varatpur_1म्याग्दी, साउन १० । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा भरतबहादुर मल्लले गरेको व्यावसायिक कृषि फार्म । उनले बाख्रापालन, कुखुरापालन र तरकारीखेतबाट वार्षिक २० लाख बढी कमाउन सफल भएका छन् ।

रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वरको मौवाफाँटतर्फ जाने बाटोको बगरमा बयरको झ्याङ र सिरु उम्रिएको थियो । जंगलको छेउ रघुगंगा नदीको किनारमा भरतबहादुर मल्लले आफ्नो साढे २२ रोपनी जग्गामा फैलिएको बयरको झाडी र सिरु फाँडेर कृषि फार्म सञ्चालन गर्ने योजना सुनाउँदा धेरैलाई पत्यार लागेको थिएन । तर अहिले मल्लले त्यही बगरको झाडीमा कृषि फार्म मात्रै खोलेका छैनन्, नौ वर्षको अवधिमा उनी त्यसलाई नमूना कृषि फार्मको रुपमा स्थापित गराउन समेत सफल भएका छन् ।

वर्षौंदेखि उपयोगविहीन बनेर झाँडी बनेको जग्गालाई खनजोत र मलजल गरी ५२ वर्षीय मल्लले शुरुमा तरकारीखेती थालेका थिए । पछि विस्तारै उनले उर्वराशक्ति नभएको बगरलाई बाहिरबाट माटोसमेत ल्याएर पुर्दै त्यसलाई उर्वर भूमि बनाए । अहिले त्यही बगर मल्लको जीविकोपाजर्नको माध्यम मात्रै बनेको छैन, आकर्षक कमाइको भरपर्दो स्रोतसमेत बन्दा सबै दंग छन् । विसं २०६५ देखि मल्लले राहुघाटमा तरकारीखेतीबाट कृषि फार्म शुरु गरेका थिए ।

विसं २०६९ देखि मल्लले कृषिसँगै व्यावसायिक रुपमा बाख्रापालन समेत थप गरी भरत मल्ल राहुघाट कृषि फार्म सञ्चालनमा ल्याएका हुन् । मल्लले अहिले व्यावसायिक बहुआयामिक कृषि पेशाबाट राम्रो सफलता हासिल गरेका छन् । तरकारीखेतीसँगै व्यावसायिक रुपमा बाख्रापालन, कुखुरापालन र भैँसीपालनबाट दूध बिक्री गरी मल्ल स्वरोजगार बनेका छन् । मल्लको अहिले मासिक दुई लाखको हाराहारीमा कमाइ छ ।

मल्लले अहिले टनेलमा गोलभेँडाखेतीसँगै घिरौँला, बन्दा, काउली, खुर्सानीलगायतका मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् । तरकारीखेतीबाट मात्रै वार्षिक तीनदेखि पाँच लाखसम्म कमाइ हुने कृषक मल्लले बताए । उनको कृषि फार्ममा अहिले ७२ वटा जमुनापारी जातका बाख्रा, दुई हजार ५०० अण्डा दिने कुखुरा र दुई वटा भैँसी रहेका छन् । यसै वर्षदेखि उनले खरायोपालन र लुईस जातको कुखुरा समेत पाल्न थालेका छन् । अष्टे«लियामा हुने लुईस जातको कुखुरा एक जोडीलाई पाँच हजारमा काठमाडौँबाट खरिद गरी ल्याएका मल्लको फार्ममा अहिले ७० वटा खरायो छन् ।

सो फार्मबाट मल्लले आफू र परिवारबाहेक अन्य पाँच जनालाई पनि रोजगारी दिएका छन् । मल्ल कुखुरापालनबाट वार्षिक १५ लाख र बाख्रापालनबाट १८ देखि २० लाखसम्म आम्दानी हुने बताउँछन् ।

“कुखुरापालन र बाख्रापालन फस्टाउँदै गएको छ, आम्दानी राम्रो हुन थालेपछि कुखुरा र बाख्राको खोरको क्षमता पनि बढाउँदै लगेको छु, अहिले वार्षिक रुपमा खर्च कटाएर रु २० देखि २२ लाखसम्म कमाइ हुने गरेको छ” – मल्लले भने । उनले फार्मबाट भएको आम्दानीलाई फार्मकै क्षमता विस्तारमा खर्चिएको बताए । अहिलेसम्म तरकारीखेती गर्ने जग्गा बनाउन, कुखुरा, बाख्रा र भँैसी पालनको पूर्वाधार तयार गर्न झण्डै एक करोड खर्चिएको उनको भनाइ छ ।

यसै वर्ष उनले ११ लाख लगानी गरी एक हजार ५०० कुखुराको चल्ला अट्ने खोर निर्माण गरेका छन् । मल्लले आफ्नो फार्म नजिकै गलेश्वरमा होटल र मासु पसलसमेत खोलेका छन् । फार्मको नेतृत्व उनी आफैँ गर्छन् भने होटल र मासु पसल उनकी श्रीमती कुमारी मल्लले चलाएकी छिन् । आफ्नै फार्मबाट उत्पादन हुने तरकारी र मासुजन्य पदार्थलाई आफ्नै होटल र मासुपसलबाट बिक्री गर्दा आम्दानी राम्रो हुने मल्लले बताइन् । आफ्नै पसल र बजारसमेत नजिकै रहेकाले कृषि फार्मबाट उत्पादन हुने तरकारी तथा कुखुरा र बाख्रा बजारीकरणको लागि कुनै समस्या नरहेको उनको भनाइ छ ।

गत दुई महिनाको अवधिमा मात्रै मल्लको फार्मबाट २२ वटा बोका बिक्री भएको छ । विदेश छाडेर स्वदेशमै कृषि पेशाबाट आत्मनिर्भर बन्ने प्रयासका साथ बहु कृषि फार्म सञ्चालन गरेका मल्लको कुखुरापालन र बाख्रापालन नमूनाकै रुपमा रहेको जिल्ला पशु सेवा कार्यालयका पशुसेवा प्रविधिज्ञ डिल्लीराम रेग्मीले बताए।

मल्लको प्रयासलाई सार्थक बनाउन जिल्ला पशुसेवा कार्यालयले सहयोग स्वरुप एउटा प्रजननयोग्य बोका, मासु पसलका लागि रु एक लाख बराबरको सामग्रीसहित घाँसको बीउ र बिरुवा उपलब्ध गराएको बताउँदै रेग्मीले आगामी दिनमा समेत मल्ललाई आवश्यक अनुदान र प्राविधिक सेवामा प्राथमिकता दिने जानकारी दिए।

पशुसेवा कार्यालयले यस वर्ष मल्ललाई खोरको क्षमता विस्तारका लागि १० हजार, ५०० चल्ला खरिदका लागि ३७ हजार र खोर सरसफाइका लागि करिब रु १० हजार बराबरको औषधि उपलब्ध गराएको छ । मल्लको फार्मलाई गत वर्ष जिल्ला कृषि विकास कार्यालयले समेत स्वरोजगार कार्यक्रमअन्तर्गत ४० हजार अनुदान उपलब्ध गराएको थियो । एसएलसीसम्मको अध्ययन गरेका मल्ल १८ वर्षको उमेरमा रोजगारीको लागि साउदी अरब गएका थिए ।

मजदुरको रुपमा साउदी पुगेका मल्लले त्यहाँ छ वर्षसम्म सवारी चालकको रुपमा काम गरेका थिए । विदेशमा अरुको गुलामी गर्नुभन्दा स्वदेशमै केही गर्छु भन्ने अठोट लिएर स्वदेश फर्किएका मल्लले जिल्लामै झण्डै १४ वर्ष यातायात व्यवसायी र सवारी चालकको रुपमा समय बिताए । यातायात क्षेत्रबाट कमाइ राम्रो हुने भए पनि कच्ची सडकको कारण दुःख र जोखिम बढी हुने भएपछि मल्ल कृषितिर लागेका हुन् ।

“हिजो विदेशमा पसिना बगाइयो, तर उपलब्धि खासै भएन, केही गरौँ भन्ने सोचले कृषिमा लागेको हुँ, अहिले आफ्नै परिवारसँग बसेर सहजरुपमा दैनिकी चलाउन सकेको छु, अरुका लागि पनि रोजगारी सिर्जना गरेको छु, यसैमा खुशी छु,”– कृषक मल्लले थपे ।

महँगो ऋण खोजेर विदेशमा दुःख गर्न जानुभन्दा आफ्नै खेतबारीमा बाख्रापालन र तरकारीखेती गर्न सकिए विदेशमा भन्दा राम्रो कमाइ हुने मल्लको अनुभव छ । रासस

You may also Like this

थप समाचार

पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह
पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता कार्यकर्ताहरुलाई निराश नहुन र पार्टीको सुधारमा लाग्न निर्देशन दिएका ...

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत
राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन गरेको छ । सङ्घका अध्यक्ष श्रीकृष्ण श्रेष् ...

माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)
माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)

काठमाडौँ । पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलको आयोजनामा म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तर विद्यालय वादविवाद प्रतियोगित ...

ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?
ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह यही वैशाख ३० गते बारा जिल्लाको सिमरा जाने भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...