काठमाडौँ । बसुन्धरा नेसनल एकेडेमी (बि.एन.ए.)ले आयोजना गरेको छैटौं अन्तरविद्यालय गायन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा बेबिलोन नेशनल मा. वि. बानेश्वरका विक्रम कार्की प्रथम,
नेवरहुड इङलिस स्कुल मण्डिखाटारका पवन भित्रकोटी दोस्रो र नमुना मच्छिन्द्र मा.वि. की सृष्टी सुवेदीले तेस्रो स्थान हात पारे। माल्यावरेटोरी स्कुलका बबित बस्याल र हिम रश्मि मा.वि.का प्रशन्न पाठकले सान्तवना पुरस्कार पाए।
प्रतियोगितामा उपत्यकाका ४० विद्यालयले भाग लिएका थिए।
काठमाडौं इन्टरनेशनल स्कुल,गौरीघाटका संगित शिक्षक अनोज चित्रकार उत्कृष्ट संगीतकार र राम खतिवडा उत्कृष्ट रचनाकार चयन भए।
विजयी प्रतिस्पर्धीलाई वरिष्ठ गायक कुमार बस्नेतले पुरस्कार र प्रमाणपत्र वितरण गरे।
कार्यक्रममा संगितकार डेनि निरौलाको एकल संगितमा तयार भएको बाल गीति एल्वम ‘बाल कुसुम’को विमोचन पनि गरिएको थियो। नेपालको राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला र समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बरालले संयुक्त रुपमा यो एल्वम विमोचन गरे।
काठमाडौं । डा. गोविन्द केसीले माइतिघर मण्डलामा प्रदर्शन निषेध गर्ने निर्णय खारेज गर्न सरकारसँग आग्रह गरेका छन् । विज्ञप्ति ज ...
वर्ल्ड प्रेस फोटो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। अहिलेसम्म कुनै पनि नेपालीले जित्न नसकेको यो अ ...
काठमाडौँ । बासबारी, भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले यहि चैत्र २४ गते शनिबार ‘स्कुल मेला’ सम्प ...
काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले छैटौ अभिभावक दिवस तथा दिक्षान्त समारोह यहि चैत्र ...