एमालेसँग निर्वाचनमा जाने सहमति भएको छः ऊर्जा मन्त्री शर्मा

२०७३ पुस २८ गते १४:२५ मा प्रकाशित


janardan-sharma_1अर्घाखाँची, २८ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा९एमाले०सँग सहमति भएको बताएका छन् । प्रेस सेन्टर नेपालले बिहीबार यहाँ गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्र, सङ्घीयता र प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने विचार व्यक्त गरे । मन्त्री शर्माले रोल्पा र रुकुमका जनताको मागअनुसार नै ५ नं प्रदेशबाट पहाडी जिल्ला अलग्याएको बताउँदै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने पनि आश्वासन दिए । उनले देशभिर नै विद्युत्भार कटौती अन्त्य गर्र्ने गरी ऊर्जा मन्त्रालय लागिपरेको बताउँदै अहिले काठमाडौँसहितका सहरमा विद्युत्भार कटौती मुक्त भएको उल्लेख गरे । उनले अर्घाखाँची जिल्लाको सिमानामा रहेको नौमुरे परियोजना छिट्टै सञ्चालन हुने गरी काम भइरहेको, पश्चिमको सेती, नरसिङघाट, सल्यानमा भएको शारदा, उत्तरगङ्गा, अरुण तमोर, बूढीगण्डकीलगायतका परियोजनालाई अगाडि बढाउने गरी काम भइरहेको बताए । रासस

You may also Like this

थप समाचार

चैत २७ बाट सिटिजन्स बैंकको हकप्रद

९ चैत, काठमाडौं । सिटिजन्स बैंकको चैत २७ गतेदेखि बैशाख २७ गतेसम्म हकप्रद सेयर बिक्री खुला हुने भएको छ । बैंकले १० बराबर २।५ क ...

शिक्षकमाथि गोली प्रहार, अबस्था गम्भीर
शिक्षकमाथि  गोली प्रहार, अबस्था गम्भीर

 रौतहटको विश्रामपुरमा शिक्षकमाथि गोली प्रहार भएको छ । मंगलबार राति घरमा सुतिरहेका विश्रामपुरका शिक्षक राम एकवाल प्रसाद य ...

चीनबाटल्याउन लागेको इन्टरनेट पर्‍यो बाधामा

चीनबाट ल्याउन लागिएको इन्टरनेटको लागि हिउँ अवरोध बनेको छ । नेपाल टेलिकमले रसुवा नाका भएर ल्याउन लागेको इन्टरनेटलाई हिउँले अवर ...

उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण असफल
उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण असफल

काठमाडौं, चैत ९ । उत्तर कोरियाले गरेको मिसायल( क्षेप्यास्त्र) परीक्षण असफल भएको छ । दक्षिण कोरियाली रक्षा अधिकारीहरुका अनुसा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

यस कारण नेशनल प्याब्सन काठमाडौँको अध्यक्षका लागि मेरो उम्मेदवारी हो !

नारायण कुमार कार्की- नेशनल प्याब्सन एक विशुद्ध व्यवसायिक संगठन हो । यसले आफ्ना सदस्य विद्यालयहरुको हक–हित, संरक्षण, सम्बद्ध ...


भोजपुर कांग्रेसका पुराना नेता कार्कीको दुखेसो निष्ठावानलाई माथि उठ्न गाह्रो रहेछ

रवि भट्टराई काठमाडौँ । पुर्वी पहाडी जिल्ला भोजपुरमा जन्मिएका गजेन्द्र बहादुर कार्की नेपाली कांग्रेस भोजपुरका पुराना कांग्रेस नेता ...