सिंहदरबार घेराउ ऐतिहासिक भयो

२०७३ जेष्ठ ३ गते १९:४० मा प्रकाशित


संघीय गठबन्धनको आह्वानमा गरिएको सिंहदरबार घेराउको दोस्रो दिन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव माइतीघर मण्डलामा धर्ना बसेका थिए । हामी पुग्दा उनी चाउचाउ र च्यूरा खाँदै थिए ।

हामीले यादवसँग आन्दोलनको सेरोफेरोमा छोटो कुराकानी गर्‍यौं । उनले सिंहदरबार धर्नालाई ऐतिहासिक उपलब्धिको संज्ञा दिए ।  

मधेस छोडेर राजधानी आइपुग्नुभएको छ आन्दोलन गर्न । मधेसमा नाकाबन्दी गर्न सजिलो रहेछ कि काठमाडौंमा सिंहदरवार घेर्न ?

आन्दोलन भन्ने कुरा, परिवर्तन भन्ने कुरा संघर्षबाट प्राप्त हुने चिज हो । त्यसैले यो सजिलो कुरा होइन । हामी तराईबाट आन्दोलन सुरु गरेर सिंहदरवार आइपुगेका छौं । तर सिंहदरवारसम्म आइपुग्दा पनि नसुन्ने सरकारको कारण देशमा भ्रष्टाचार मौलाएको छ, कालाबजारियालाई संरक्षण मिलेको छ । सरकार तस्करहरुले चलाइरहेका छन् । त्यसैले अवस्था गम्भीर बन्दै गएको हामीले ठानेका छौं ।

नाकाबन्दी गर्दा त केही भएन सिंहदरबार घेरेर के हुन्छ होला र ?

सिंहदरबार घेरेर आन्दोलनको नयाँ इतिहास सुरु भएको छ । यहाँ मधेसका जनता मात्रै छैनन् । ताम्सालिङ छ, किराँत छ, मगरात छ, तमुवान छ । उहाँहरु सबैको आ-आफ्नै मागहरु छन् । ती मागहरु मिलाउन सके मात्रै संघीय संरचना पूरा हुन सक्छ । त्यसैले सिंहदरवार घेराउ आन्दोलनको ऐतिहासिक उपलब्धी हो ।

प्रधानमन्त्रीले त तपाईंहरुलाई फुर्सद भए भूकम्प पीडित जनताको घर बनाउन आउनुहोस् भन्नु भएको छ । के जवाफ दिनुहुन्छ ?

केपी ओलीको बारेमा केही वर्ष पहिले प्रचण्डले भनेका थिए, मानसिकता ठीक छैन अस्पताल लैजानु पर्छ । अहिले हामीलाई पनि त्यस्तै हो कि जस्तो लागेको छ । त्यसैले उखान टुक्का हानेरै देश बर्बाद बनाउँदै छन् । हाम्रो मागको विषयमा उनी गम्भीर छैनन् । आफ्नो अधिकारको लागि जनताले आन्दोलन गरेका हुन् ।

दुई दिन सिंहदरबार घेर्दा केही भएन । अबको आन्दोेलनको स्वरुप यस्तै हुन्छ कि फेरिन्छ ?

आन्दोलनका स्वरुपहरु त फेरिइरहन्छ । दुई दिनसम्म हामीले सिंहदरबार घेर्‍यौं । अब बालुवाटार घेर्छौं । त्यसपछि पनि अब कसरी अगाडि बढने भन्ने विषयमा हामी छलफल र समिक्षा गर्छौं । त्यसपछि आगामी कार्यक्रमहरु आउने छन् । तर आन्दोलनको स्वरुप फेरिए पनि आन्दोलन रोकिँदैन ।

साभार : अनलाइनखबर

You may also Like this

थप समाचार

नेफद्धारा टोखा नगरपालिकाका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान समारोह (फोटोफिचर)
नेफद्धारा टोखा नगरपालिकाका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान समारोह (फोटोफिचर)

काठमाडौँ । उत्तर भेगीय शैक्षिक मञ्च (नेफ) ले टोखा नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडाअध्यक्ष तथा वडा सदस्यहरुलाई बधाई त ...

ओलीले प्रचण्डलाई भनेः कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर पुनः मतदान हुने सपना नदेख्नुस्
ओलीले प्रचण्डलाई भनेः कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर पुनः मतदान हुने सपना नदेख्नुस्

काठमाडौं, जेठ १५ - एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भरतपुरमा पुन मतदानाको स ...

एमालेको अडानका कारण संसदमा बजेट प्रस्तुत हुन ढिला
एमालेको अडानका कारण संसदमा बजेट प्रस्तुत हुन ढिला

जेठ १५ । प्रधानन्यायाधीश सुशीला कार्कीबिरूद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएपछि मात्रै बजेट प्रस्तुत गर्न दिने प्रमुख प्रतिप ...

भरतपुरमा पुनः मतदान एमालेलाई अस्वीकार्यः ओली
भरतपुरमा पुनः मतदान एमालेलाई अस्वीकार्यः ओली

१५ जेठ, काठमाडौैं । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरेको छ । एमाले अध्यक्ष ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...