उपेन्द्र यादवलाई अध्यक्षबाट हटाइयो

२०७४ बैशाख २३ गते १६:५७ मा प्रकाशित


upendra२३ बैशाख, काठमाडौं । संघीय गठवन्धनले अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई गठवन्धनको अध्यक्षबाट हटाइएको छ र राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको छ ।

मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको आरोप लगाएको छ ।

मधेसी थारु, जनजाति, सिल्पी, मुस्लिम समुदायको मुद्दाहरु विर्सजन गर्दै यादव आत्मसमर्पणको कित्तामा गएको भन्दै गठबन्धनले भनेको छ, ‘संविधान संशोधन विना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा सहभागी भएको हुँदा संघीय गठबन्धनबाट संयोजकको जिम्मेवारीबाट हाउने निर्णय गरिएको छ ।’

राजपा नेपालको कार्यालयमा बसेको बैठकले आफ्ना मुद्दाहरुलाई निष्कर्षमा पुर्‍याउन र संघर्षका कार्यक्रम अगाडि बढाउन भन्दै महन्थ ठाकुरलाई संयोजक चयन गरेको छ ।

साथै तत्काल संविधान संशोधन गरेर चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । अन्यथा आन्दोलनका कार्यक्रम घोषणा गर्ने उसको चेतावनी छ ।

You may also Like this

थप समाचार

यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ
यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ७ भेटघाट चोकमा रहेको फ्रेण्डसिप क्याफेले आइतबार न्यू इअर इभ तथा छैटौ वार्षिक उत्स ...

लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)
लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)

समग्र मजदुरहरुको हकहितको लागि भनेर स्थापना गरिएको नेपाली कांग्रेस पार्टीको सुवेच्छुक संगठन हो नेपाल ट्रेड युनियन कांग्रेस । ...

म्यान्चेस्टर सिटी विजयी
म्यान्चेस्टर सिटी विजयी

काठमाडौँ । शनिबार भएको इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । सो विजयसंगै सिटीले लगातार १६ औं जितको कीर्तिमान ...

वाम गठबन्धन टुट्दैनः प्रचण्ड
वाम गठबन्धन टुट्दैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...