म जन्मिएको माटोले मलाई चुनावमा जा भन्यो: उपेन्द्र यादव

२०७४ बैशाख २९ गते १६:३३ मा प्रकाशित


upnedraकाठमाडौं, वैशाख २९ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार हुने पहिलो चरणको स्थानीय तहको चुनावमा देशभरि नै व्यापक उत्साह र माहोल देखिएकोले चुनावमा उल्लेखनीय जनसहभागिता हुने विश्वास व्यक्त गर्नुभएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले देशलाई निकास दिलाउनको लागि पनि आफ्नो पार्टी चुनावमा सहभागी भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘चुनावमा नजाँदा किन गइनस् ? भन्छन्, अनि चुनावमा भाग लिँदा किन सहभागिता जनाईस् भन्छन् रु यो कस्तो प्रश्न होला, बडा विचित्र छ ।’

आफ्नो पार्टीले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचनमा नजाने अडान लिइरहेको अवस्थामा एक्कासी यु–टर्न लिएको भनेर बाहिर चर्चा भएकोप्रति टिप्पणी गर्दै यादवले भन्नुभयो ‘मैले आफू जन्मेको भूमिलाई सम्झिएँ, माटोलाई सम्झिएँ, चुनावबाट देशलाई अघि बढाउन सकिन्छ भन्ने सोचेर नै चुनावमा सहभागी हुने निर्णय गरेको हुँ ।’ यादवले विभिन्न आन्दोलनहरुबाट प्राप्त भएका उपलब्धीहरुलाई संस्थागत गर्नको लािग पनि चुनावमा जानुको विकल्प नभएको देखेपछि अपर्झट यस्तो निर्णय लिएको दाबी गर्नुभयो ।

अध्यक्ष यादवले चुनावमा भाग लिएपनि आफ्नो पार्टीले कुनै मुद्दा नछोडेको समेत दाबी गर्नुभयो । यादवले चुनावलाई पनि आफूहरुले संघर्षको रुपमा लिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘चुनावमा भाग लिनु भनेको जनतामा जानु हो, त्यसैले यो पनि एउटा संघर्ष नै हो नि ।’
उहाँले आफूहरुले उठाएका मुद्दाहरु संविधान संशोधनमार्फत सम्बोधन गर्ने भनेर नै सरकारले परिमार्जितसहितको संविधान संशोधन विद्येयक सदनमा अघि बढाएकोले पारित हुने विश्वासका साथ आफ्नो पार्टी चुनावमा होमिएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो वैशाख ९ गते सत्तारुढ दल र मधेशी मोर्चाबिच संशोधन प्रस्ताव अघि बढाउने भन्नेबारेमा विषयवस्तुमा नै सहमति भएको हो, सहमति अनुसार नै हामीले एक महिनाको लागि घोषित आन्दोलनहरु स्थगित् ग¥यौं ।’ उहाँले सरकारले सहमति अनुसार नै १७ गते नै संशोधन प्रस्ताव पारित गराउने प्रयास गरेको भएपनि त्यही दिन १० जना सांसद गायब भएकोले पारित हुन नसकेको समेत स्पष्ट पार्नुभयो ।

उहाँले अब जेठ ४ गतेको लागि संसद बैठक बोलाइएकोले सकेसम्म त्यही दिन नभए त्यही आसपासमा संशोधन प्रस्ताव पारित हुने समेत विश्वास व्यत्तः गर्नुभयो । यादवले भन्नुभयो ‘मलाई विश्वास छ, संशोधन प्रस्ताव पारित हुन्छ ।’ संशोधन प्रस्ताव पारित गराउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सहयोग र समर्थन गर्ने विश्वास लिनुभयो । उहाँले भन्नुभयो ‘एमाले संशोधनमा बाधक बन्दैन् ।’

उहाँले यही वैशाख ३१ गते हुने पहिलो चरणको चुनावमा सफल बनाउनको लागि नागरिकहरुको उत्साहजनक सहभागिता रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘जनतामा अहिले व्यापक उत्साह छाएको छ ।’ यद्धपी यादवले जेठ ३१ गते हुने दोस्रो चरणको चुनावमा आफूले सहज नदेखेको जिकिर गर्नुभयो ।
यादवले दोस्रो चरणको चुनावलाई सहज र सरल बनाउनको लागि सरकारले ७ वटा कामहरु गर्नुपर्ने भन्दै सुझावहरु अघि सार्नुभएको छ ।
त्यस्तै यादवले हालै संघीय गठबन्धनबाट आफूलाई हटाएको भनेर बाहिर प्रचार भएको विषयलाई लिएर यसलाई घृणित कार्यको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो ‘महन्थ ठाकुरजीले आफू अध्यक्ष भएको भनेर आँफै मनगन्ते वक्तव्य जारी गर्नुभएछ, मलाई भनेको भए त म आँफै उहाँलाई सम्मानजनक रुपमा फूल, माला र अविर लगाएर पद दिन्थें नि, यो त घटिया षड्यन्त्र हो ।’

You may also Like this

थप समाचार

मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए
मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए

काठमाडौं, कात्तिक २६ । मोरक्को र ट्युनिसिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् । अफ्रिकी समूहको छनोटअन्त ...

४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव
४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव

इतिहासमा चुनावः श्रृंखला-१ नेपालमा २०१५ सालमा पहिलो पटक संसदको निर्वाचन भएको थियो। त्यसपछि ३३ वर्षपछि २०४८ सालमा आम निर्वाचन ...

काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच
काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच

काठमाडौँ । तपाईं दिउँसै मादकपदार्थ सेवन गरी कतै सवारीसाधन चलाउँदै त हुनुहुन्न रु चलाएको भए अब नचलाउनुहोस्, नत्र कारबाहीमा पर् ...

एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी
एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी

२० कात्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...