उपत्यकामा सवारी जामको समस्या बढ्दो, व्यवस्थापन कार्य जटिल एंव चुनौतीपूर्ण बन्दै

२०७३ जेष्ठ ९ गते २०:२३ मा प्रकाशित


काठमाडौ उपत्यकामा सवारी जामको समस्या दिनानुदिन बढिरहेको छ । काठमाडौका बिभिन्न स्थानमा सडक फराकिलो त भयो तर समस्या भने ज्युँका त्युँ छन । तत्काल यसको न कुनै समाधान देखिन्छ न त कूनै बिकल्प नै खोजिएको छ । त्यसैले पनि उपत्यकाको जामबाट सवारी प्रयोगकर्ताहरु दिक्क हुन थालेका छन् ।

उपत्यकामा ट्राफिक जामको समस्या पुरानो होईन । तर यो समस्या दिनानु दिन बढ्दै छ । एकातिर उपत्यकामा सवारी साधनको चाप बढ्दै छ भने अर्कोतिर साँघुरा सडकहरुका कारण यात्रुहरुले यो समस्या भोग्दै आएका छन् । काठमाडौँ उपत्यकामा आठ लाख ५० हजारभन्दा बढी सवारीसाधन रहेको र एक हजार ५०० किलोमिटर मात्र सडक भएकाले धेरै जाम पर्ने गरेको ट्राफिक महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा धेरै सवारीसाधन, साँघुरो सडक, निर्माणाधीन सडकहरुको कारण र जथाभावी सवारीसाधन रोक्दा धेरै जाम हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता लोकेन्द्र मल्लले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाका मुख्य चोकमा ट्राफिक जाम हुने गरेको छ । काठमाडौँ उपत्यकाको त्रिपुरेश्वर, कालीमाटी, भोटेबहाल, थापाथली, माइतीघर, कलङ्की, जमल, सोह्रखुट्टे, बालाजु, चावहिल, कोटेश्वर लगायतका चोकमा धेरै ट्राफिक जाम हुने प्रबक्ता मल्लले बताउनुभयो । यी चोकमा एउटा सवारीसाधनले कम्तीमा १५ देखि मिनेट रोकिनुपर्ने उहाँले बताउनुभयो ।

अर्कोतिर काठमाण्डौमा उपयुक्त पार्किङको अभाबका कारण सडकमै पार्किङ गर्दा सवारी जाम हुने गरेको छ । त्यस्तै बिभिन्न राजनैतिक पार्टीहरुले सडकमा नारा जुलुस गर्दा यसको असर झनै बढि पर्ने गरेको देखिन्छ । यस्तै, बर्खायाममा उपत्यकाका अधिकांश सडकमा पानी जम्ने हुनाले अझ धेरै जाम हुने गरेको छ । यतिमात्र नभई उपत्यकामा ट्राफिक जनशक्ति कम र विशिष्ट व्यक्तिको आवागमन हुँदा सवारी जाममा थप समस्या पर्ने गरेको छ । उपत्यकामा दुई हजारभन्दा बढी ट्राफिक जनशक्ति हुनुपर्नेमा हाल एक हजार २०० जनशक्ति रहेको छ । यस्तै, नारा, जुलुस निस्कँदा त सवारीसाधन झन् अस्तव्यस्त हुने गरेको महाशाखाले जनाएको छ ।

पछिल्लो समय काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतीपूर्ण बन्दै गएको छ । काठमाण्डौ उपत्यकाको शहरी विकासको अनुपातमा सडक बिस्तार र सडक पूर्वाधारहरु निर्माण हुन नसक्नु, पार्किङको असुबिधा, विविध कारणबाट यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्नु, यातायात क्षेत्रमा रुट, सिण्डिकेट लगायत कुराहरुमा निश्चित समूहहरुको मात्र पहुंच हुनु आदि कारणले गर्दा समस्या जटिल बन्दै गएको छ । यसतर्फ सरकारले बिशेष योजनाका साथ सोच्नु जरुरी देखिन्छ ।

श्रोत : न्युज२४टेलिभिजन

You may also Like this

थप समाचार

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न
पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान ७ बजेदेखी १० बजेस ...

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...