मुस्ताङका २० किसानलाई मोबाइल उपहार

२०७४ जेष्ठ ३१ गते ११:२४ मा प्रकाशित


download_2३१ जेठ, मुस्ताङ । कृषि विकास मन्त्रालयले मुस्ताङका २० जना किसानलाई मोबाइल उपहार प्रदान गरेको छ । कृषि क्षेत्रलाई आधुनिक बनाउँदै लैजाने सरकारी नीतिअनुरुप छनौट गरेका २० जना किसानलाई हालै सिमकार्डसहित सामसुङ जे फाइभ मोबाइल वितरण गरिएको हो ।

किसानले मोबाइलको प्रयोगबाट ‘हाम्रो कृषि’ मोबाइल एप्लिकेसन डाउनलोड गरी मौसमसम्बन्धी जानकारी, कषि, प्रविधि, जिल्ला कृषि तथा पशुसेवा कार्यालयका सम्पर्क नम्बरहरु, कृषि तथा पशु बीमालगायत कृषिसँग सम्बन्धित सबै जानकारी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

जिल्ला कृषि विकास कार्यालय मुस्ताङकी वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले किसानलाई मोबाइलसँगै २० थान थर्मोमिटर हस्तान्तरण गरिएको बताइन् । “यहाँ मौसम छिनभरमै परिवर्तन भइरहन्छ, यस्ता प्रविधिले किसानलाई ठूलो सहयोग पुग्नेछ”, उनले भने ।जिल्ला कृषि विकास कार्यालय मुस्ताङ र पशु सेवा कार्यालयले छनौट गरेका जिल्लाका २० जना अगुवा किसानलाई मोबाइल उपहार दिइएको मन्त्रालयका कृषि मौसमविज्ञ समी कुँवरले जानकारी दिइन् । “१२ कृषि र आठ पशु सेवा कार्यालयबाट छानिनुभएका किसानलाई मोबाइल दिएका हौँ । यसबाट किसानले आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्”, उनले भने ।

You may also Like this

थप समाचार

प्राधिकरणको चरम लापरबाही, १५ दिनदेखि नाङ्गो तार भुँइमा
प्राधिकरणको चरम लापरबाही, १५ दिनदेखि नाङ्गो तार भुँइमा

१ भदौ । धादिङको बेनीघाट गाउँपालिका-३ तल्लो ओर्बाङमा विद्युत प्राधिकरणको लापरवाहीका कारण दुर्घटनाको जोखिम बढेको छ । विद्युत प् ...

अखिलेश यादव समातिए, पक्राउपछि जेलमा
अखिलेश यादव समातिए, पक्राउपछि जेलमा

भदौ १ । समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनलाई उत्तर प्रदेशको औरैयामा बुधबार भएको ह ...

करेन्ट लागेर एक महिलाको ज्यान गयो
करेन्ट लागेर एक महिलाको ज्यान गयो

१ भदौं । सप्तरीको रुपनी गाउँपालिका– १ मा बुधबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाकी ...

प्रम देउवा पश्चिम तराईतिर
प्रम देउवा पश्चिम तराईतिर

१ भदौ । बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा आज नेपालगञ्ज पुग्नुभएको छ ।प्रधानमन्त्री देउवाले बाँके, बर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...