को हुन नचिनिएका ‘धुर्मुस’ ? जसले ५५ घरको नमुना बस्ती ठड्याए

२०७४ बैशाख ८ गते १०:३२ मा प्रकाशित


namuna-basti८ वैशाख, काठमाडौं । गरे के सम्भव छैन भन्ने कथन चरितार्थ गर्दै धादिङ लापाका एक युवाले एक्लो प्रयासमा ५५ घरको नमुना बस्ती ठड्याएका छन् । ती युवा हुन्, दिनेश तामाङ ।

नमुना बस्ती निर्माणमा देशभर धुर्मुस–सुन्तलीको चर्चा चलिरहेका बेला दिनेशले पनि धादिङको ढोलामा नमुना बस्ती निर्माण गरे । सामाजिक संघ–संस्थासँग सहयोग जुटाएर उनले १६ महिनामा ५५ घर तयार पारेका हुन् ।


आलेगाउँमा २६ घर र भुवालेपानीमा २९ घरका दुई बस्ती उनले तयार पारेका छन् । ती घरमा ३ सय १० भूकम्पपीडित बस्न थालेका छन् ।

ती घर जिल्लाको दुर्गममा पर्ने रुबीभ्याली गाउँपालिकाको कपुरगाउँका पीडितलाई हस्तान्तरण गरिएको हो । गाउँको चारैतिर पहिरो झरेर बस्न नसक्ने भएपछि उनीहरु विस्थापित भएर आलेगाउँ र भुवालेपानीमा त्रिपालमुनि बस्नै आएका थिए ।

क्यानडास्थित चाइल्ड हेभन इन्टरनेशनल क्यानडा–नेपालले ३८ रोपनी घडेरी किन्न २९ लाख रुपैयाँ सहयोग गरेपछि शिविर बसेकै जग्गा किनेर बस्ती निर्माण सुरु गरिएको तामाङले बताए ।

नागरिक दैनिकका अनुसार, प्रतिघर निर्माणका लागि १४ लाख खर्च भएको छ । प्रत्येक विस्थापितले घर बनाउन झन्डै ४ लाखको श्रमदान गरेका छन् ।

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...