एमालेलाई सफलताः अध्यक्ष ओली

२०७४ जेष्ठ ३ गते १५:१६ मा प्रकाशित


oli२ जेठ, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमाथि चौतर्फी घेराबन्दी भए पनि स्थानीय तहको निर्वाचनमा सफलता हासिल गरेको बताउनुभएको छ । चौबिसौँ मदन–आश्रित स्मृति दिवसका अवसरमा सो पार्टीको पुरानो कार्यालय मदननगर, बल्खुमा आयोजित कार्यक्रममा उहाँले मुलुकको विकास र समृद्धिका लागि पार्टीले अवलम्बन गरेका नीति तथा विचारले दोस्रो चरणको निर्वाचनमा पनि पार्टीले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले सत्ता गठबन्धनले निर्वाचनमा धाँधली, गुण्डागर्दी र एमालेमाथि घेराबन्दी लगाएको आरोप लगाउँदै भन्नुभयो–“एमालेलाई चुनाव जित्नका लागि होइन, देश बनाउन बहुमत चाहिएको छ ।” मदन–आश्रितको हत्याले देशको बामपन्थी आन्दोलनमा क्षति पुगेको र मुलुकले लोकतान्त्रिक विकासक्रममा गति लिन नसकेकाले राजनीतिक अस्थिरता र अन्योलता बढेको उल्लेख गर्दै उहाँले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका आधारमा पार्टीले अहिले सफलता प्राप्त गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो – “कोही मानिस जीवित रहँदा पनि समाजका लागि केही योगदान गर्न सक्दैनन, मदन–आश्रितले जीवनपछि पनि समाजलाई मार्ग निर्देश गरिरहेका छन्,” यसअघि मदननगर बल्खुमा अध्यक्ष ओलीलगायत नेता, कार्यकर्ता तथा परिवारका सदस्यले मदन–आश्रितको तस्बीरमा माल्यार्पण गरेका थिए भने विसं २०४८ मा भएको आम चुनावका क्रममा देशका विभिन्न स्थानमा तत्कालीन महासचिव भण्डारीले गरेका महत्वपूर्ण भाषणको श्रव्य सुनाइएको थियो । रासस

You may also Like this

थप समाचार

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

विश्वप्रकाशले औल्याए चुनावी हारका ६ कारण
विश्वप्रकाशले औल्याए चुनावी हारका ६ कारण

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चुनावी हारको ६ कारण औल्याएका छन् । युवा नेता समेत रहेका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...