एमाले नेताको अगुवाइमा बहुविवाह गरेको भन्दै मोसो दलेर दम्पतीलाई गाउँ निकाला

२०७४ पुस १६ गते ०९:२३ मा प्रकाशित


Capture-21

मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा अर्काकी श्रीमती विवाह गरेको आरोपमा एक जोडीलाई गाउँ निकाला गरिएको छ। एमालेका एक स्थानीय नेताको अगुवाइमा विवाहित दम्पतीलाई मोसो दली जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको हो। स्थानीय राजकुमार ठाकुर र सोही ठाउँकी सरदार थरकी महिलालाई दोस्रो बिहे गरेर गाउँ–समाजको थिति खलल पारेको आरोपमा एमाले नेता दिनेश ठाकुरको अगुवाइमा कुटपिट गरिएको हो। दिनेश ठाकुर एमाले रंगेली नगर कमिटीका अध्यक्ष हुन्। यो खबर गणेश लम्सालले आजको नयाँ पत्रिकामा लेखेका छन्।

विवाहित जोडीलाई चरम अमानवीय यातना दिएको अरोपमा प्रहरीले रंगेली–५ आँपगाछीका कुलानन्द, गोवद्र्धन, जयप्रकाश, रञ्जितकुमार, सतिश र मायानन्द ठाकुरलाई शुक्रबारै पक्राउ गरेको छ। कुटपिटको अगुवाइ गर्ने एमाले नेता ठाकुर भने फरार भएका छन्। ठाकुरदम्पतीलाई गाउँ निकाला गरेको सूचना पाउनासाथ ६ जनालाई पक्राउ गरेको, तर नेता ठाकुर भने फरार रहेको इप्रका रंगेलीका इन्स्पेक्टर सन्दीपबाबु खड्काले बताए। पक्राउ परेका सबैलाई कुटपिट र सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिने उनको भनाइ छ।। कुटपिटबाट गम्भीर घाइते भएका राजकुमारलाई आफन्तले उपचारका लागि भारत लगेका छन्। विवाहित महिला भने स्थानीय अस्पतालमा उपचारपछि प्रहरीको सुरक्षामा माइतमै बसेकी छिन्।

यसरी भएको थियो घटना

रंगेली नगरपालिका–५ आँपगाछीस्थित ठाकुर टोलका गुलावचन्द सरदारकी ३० वर्षीया पत्नी र सोही ठाउँका विवाहित ३२ वर्षीय राजकुमार ठाकुरबीच प्रेम थियो। सरदार वैदेशिक रोजगारका क्रममा विदेशमा छन्। चार महिनादेखि ठाकुर र सरदारपत्नी प्रेमविवाह गरेर वीरगन्जमा बस्दै आएका थिए। केही दिनअघि मात्रै राजकुमारकी दोस्री पत्नी माइतमा आएर बस्न थालेकी थिइन्। गाउँ–समाजले भने समस्या सुल्झाउन भन्दै वीरगन्जमा सैलुन सञ्चालन गरेर बसेका राजकुमारलाई गाउँमै बोलायो।

शुक्रबार ठाकुरदम्पतीलाई बोलाएर एमाले नेता दिनेश ठाकुरको रोहबरमा छलफल सुरु भयो। छलफलमा सबैले अर्काकी श्रीमतीसँग प्रेमविवाह गरेर राजकुमारले गाउँको थिति बिगारेको निष्कर्ष निकालियो। त्यसपछि नेता ठाकुरकै अगुवाइमा दुवैलाई मोसो दलेर जुत्ताको माला लगाएर लखेट्दै गाउँ निकालिएको थियो। विवाहित जोडीलाई मोसो दलेर एक किलोमिटरजति लखेटेर गाउँ निकाला गरेको देखेपछि अन्य गाउँलेले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले तुरुन्त घटनास्थलमा पुगेर पीडितको उद्धार गरेको थियो।

You may also Like this

थप समाचार

प्रदेश प्रमुख भोलि तोकिने
प्रदेश प्रमुख भोलि तोकिने

कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रि ...

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने
मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै ...

दाहाललाई उचाल्दै मधेसवादी दल !
दाहाललाई उचाल्दै मधेसवादी दल !

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई फुटाउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठब ...

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट
निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टं ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...