दाहाल भन्छन् ‘एमालेले फोरमसँग तालमेल गर्न खोज्यो

२०७४ पुस ९ गते ०८:२९ मा प्रकाशित


prachanda-2

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाएका छन्। शनिबार भैरहवा जेसिज उद्घाटनमा सहभागी भएर फर्कने क्रममा कावासोतीमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले संघीय फोरमसँग एमालेका केही नेताले सरकार बनाउन प्रस्ताव राखेको, तर फोरम अध्यक्ष उपेन्द्र यादवले तालमेल गर्न नमानेपछि माओवादीसँग मिल्नुको विकल्प नभएको दाबी गरेका हुन्। यो खबर हरि शर्माले आजको अन्नपूर्णमा लेखेका छन्।

एमाले महासचिव ईश्वर पोखरेलले सरकार, पार्टी र संसदीय दल तीनै पदमा एमालेको नेतृत्व रहनुपर्ने तर्कप्रति संकेत गर्दै दाहालले यस्तो भनेका हुन्। शुक्रबार गृहनगर भरतपुरमा दाहालले एमाले अध्यक्ष केपी ओलीसँग आलोपालो सत्तारोहण गर्ने सहमति भएको दाबी गरेका थिए। ‘फोरमसँग पनि उहाँहरुले तालमेल गर्नखोज्नुभयो, तर उपेन्द्रजी नमानेपछि हामीबाहेक एमालेसँग सरकार बनाउने विकल्प छैन,’ दाहालले भने, ‘अब एमालेसँग मिलेर हामी सरकार बनाउँछौं। एमालेले एक्लै बहुमत पाएर हामीलाई पन्छाउने हो कि भन्ने त्रास थियो तर बहुमत नपाएपछि त्यो डर हट्यो।’

दाहालले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच वर्षका लागि आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि एमालेसँग एकताकै लागि नमानेको जिकिर गरे। ‘उनले त झन् लिखित दिनपर्‍यो भने पनि तयार छु भनेका हुन्, तर हामी त्यसमा मानेनौं। हामी वाम एकतामा इमानदार छौं, किनकि यो मेरै प्रस्ताव हो। त्यसैले वाम सरकार बनाउने जिम्मेवारी हाम्रै हो, मेरै हो।’

You may also Like this

थप समाचार

प्रदेश प्रमुख भोलि तोकिने
प्रदेश प्रमुख भोलि तोकिने

कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रि ...

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने
मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै ...

दाहाललाई उचाल्दै मधेसवादी दल !
दाहाललाई उचाल्दै मधेसवादी दल !

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई फुटाउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठब ...

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट
निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टं ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...