यी हुन् एमालेका ‘पेले, म्याराडोना र रोनाल्डो’, जो प्रधानमन्त्रीको दौडमा छन् !

२०७४ जेष्ठ ४ गते १०:२२ मा प्रकाशित


cpn-काठमाडौं, जेठ ४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवाका लागि मैदान खाली गरिदिन प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल सरकारको नेतृत्वमा आफ्नो दाबेदारीको आन्तरिक तयारी गरेको छ ।


एमाले उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बुधबार बसेको स्थायी कमिटी बैठकमा सरकार निर्माण बहुमतीय प्रक्रियाका लागि संसदमा गएपछि पार्टीले उम्मेदवारी दिने सैद्धान्तिक निर्णय भएको छ । स्पष्ट रुपमा उम्मेदवारी नतोकिए पनि कांग्रेस सभापति देउवालाई माओवादी र मधेसवादी केन्द्रीत लगायतका दलहरुले अघि सारेको अवस्थामा एमालेका तर्फबाट उपाध्यक्ष गौतम स्वयं नै उम्मेदवार बन्ने जानकारी पार्टी उच्च स्रोतले दिएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले दाहालले देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रक्रिया संसदमा गएपछि प्रधानमन्त्री पदका लागि मैदान खाली हुने र प्रमुख प्रतिपक्षी दलको हैसियतमा एमालेले यसलाई उपयोग गर्ने बताए ।

‘गौतमलाई चयन गर्दै अप्ठेरोमा पार्ने रणनीति हो ?’ भन्ने जिज्ञासामा श्रेष्ठले भने, ‘एमालेभित्र गौतममात्रै होइन केपी शर्मा ओली, माधवकुमार नेपालजस्ता म्यारोडोना, पेले र रोनाल्डो रहेकाले दाहालको राजीनामापछि कुनै एक नेताले गोल गर्नुहुनेछ । प्रधानमन्त्रीको पदमा सुट गर्ने मौका पाउनासाथ कोही न कोही एमाले नेता गोल गर्दै प्रधानमन्त्री बन्नु हुनेछ ।’ –अन्नपूर्ण पोस्ट दैनिकबाट

You may also Like this

थप समाचार

नयाँ सरकार कहिले?
नयाँ सरकार कहिले?

निर्वाचन आयोगबाट औपचारिक रूपमा समानुपातिकबाट पाउने सिट संख्याको यकिन शुक्रबार मात्रै भए पनि प्रतिनिधिसभामा वाम गठबन्धन बहुमत ...

कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ, कुन जिल्लामा कति घन्टा?
कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ, कुन जिल्लामा कति घन्टा?

संघीय राजधानी लगायत देशका ठूला सहरहरु झिलिमिलि भइरहँदा उर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारोमा छ। यो खबर हामीले आजको ...

माओवादी केन्द्रमा विवाद सुरू- सरकारको नेतृत्व कसले गर्दैछ?
माओवादी केन्द्रमा विवाद सुरू- सरकारको नेतृत्व कसले गर्दैछ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर ...

वाम रणनीतिः मन्त्रिपरिषद निर्णय बदर गर्न संसदमा विशेष प्रस्ताव
वाम रणनीतिः मन्त्रिपरिषद निर्णय बदर गर्न संसदमा विशेष प्रस्ताव

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि सरकारले गरेको नियुक्तिलगायतका सम्पूर्ण निर्णय वाम गठबन्धनमा बन्ने आगामी सर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...