उखुको जुस पिउँदा ध्यान दिनुपर्ने ७ कुरा

२०७४ बैशाख ६ गते १५:११ मा प्रकाशित


-Juice-Ganne-Ka-Ras-For-Skin-And-Healthगर्मीका बेला हामी प्रायजसो उखुको रस पिउँछौं । यसले आँतलाई शितल बनाउँछ । यसका कयौं फाइदा छन् । जण्डिसको समस्यामा यसको फाइदा निकै हुन्छ । गर्भवती महिलाका लागि यो उत्कृष्ट पेय हो । यति मात्रै नभई यो डिहाइड्रेसनबाट बचाउन रामबाणसिद्ध हुन्छ । एनिमिया, क्यान्सरलगायतका रोगमा पनि उखुको रस लाभदायी हुन्छ । तर यसको अर्थ उखुको रस हरसमय फाइदाजनक हुन्छ भन्ने होइन । उखुको रस कहाँ पाइन्छ भन्ने कुराबाट पनि लाभ र हानी तय हुन्छ ।


१. फोहोर पसल : तपाईं उखुको रसको सौखिन हुनुहुन्छ भने पाएसम्म पिउनुहुन्छ । तर फलफुल पसल र रस पेल्ने मेसिन कत्तिको सफा छ भन्नेमा पनि ध्यान दिनुपर्छ । पसलमा झिंगा भन्किइरहेको हुन सक्छ । त्यस्तो स्थानमा सकेसम्म जुस पिउनुहुन्न ।


२. खराब उखु : सम्भव छ भने पेलेको उखु कत्तिको स्वस्थ छ भन्नेमा ध्यान दिनुपर्छ । सडेको उखुले स्वास्थ्यमा फाइदाको साटो हानी गर्न सक्छ । यस्तो उखुले पेटको समस्या पनि पैदा गर्न सक्छ । किरा लागेको उखुको जुस परेको छ  भने बान्ताजस्ता समस्या निम्तन पनि सक्छन् ।


३. फ्रिज गरेको जुस : उखुको रस ताजा पिउने हो भनेमात्र फाइदा हुन्छ । यदि फ्रिजमा राखेको जुस छ भने हानी हुन्छ । बासी जुसमा झिंगा पनि बसेको हुन सक्छ । किरा लागेको हुनसक्छ । यसले पसलबाट उखुको जुस खानुछ भने तत्काल पेलेको ताजा जुसमात्र पिउनुस् ।


४. अन्य रसको मिश्रण : उखुको रसमा अन्य जुस मिलाइएको छ छैन भनेर याद गर्नुपर्छ । उखुको रसमा कुनै फल या तरकारी मिसाइएको हुनुहुन्न । कयौं पसलमा जुसका साथ पानी पनि मिसाइएको हुन्छ । यद्यपि पानी मिसाउनु त्यति हानिकारक होइन । तर स्वादमा भिन्नता आउछ ।


५. अधिकतम २ गिलासको जुस : उखुको रस स्वादिलो हुन्छ । पिउने हो भने जति पनि पिउन सकिन्छ । झट्ट हेर्दा यसबाट कुनै नोक्सानी हुदैंन । तर धेरै पिउनु गलत हो । विशेषज्ञका अनुसार एक दिनमा दुई गिलासभन्दा बढी उखुको रस मिसाउनुहुन्न । यदि जण्डिस छ भने मात्रा बढाउन सकिन्छ । धेरै उखुको रसले नोक्सानी पु¥याउन सक्छ ।


६. संक्रमण हुने खतरा : सडकमा राखिएको मेसिनमा पेलेको रस पिउँदा संक्रमण हुने खतरा हुन्छ । किनभने त्यो फोहोर हुन्छ र धुलोमाटोयुक्त हुन्छ । यस्तो जुस पिउँदा पेटमा समस्या पनि हुन सक्छ ।


७. मेसिनको तेल : उखुको रस पेल्ने मेसिन चलाउन प्रायजसो विशेष किसिमको तेल प्रयोग हुन्छ । यदि यस्तो तेल पेटमा गयो भने त्यसको नराम्रो असर पर्न सक्छ ।  मेसिनमा तेल प्रयोग कम गरिएको स्थानमा बनाइएको  रसमात्र पिउने गर्नुपर्छ । 

You may also Like this

थप समाचार

राप्रपा संविधान संशोधनको पक्षमा
राप्रपा संविधान संशोधनको पक्षमा

१७ बैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पछिल्लो पटक ल्याएको ...

विनोद चौधरीको छोराको बिहेमा सलमान खान निम्तो मान्न पुगे
विनोद चौधरीको छोराको बिहेमा सलमान खान निम्तो मान्न पुगे

१७ बैशाख । नेपालका धनाढ्य उद्योगपति विनोद चौधरिको छोराको बिहेमा बलिउडका चर्चित नायक सलमान खान समेत निम्ता मान्न पुगेका छन् । ...

सुतेकै स्थानमा मृत फेला
सुतेकै स्थानमा मृत फेला

१५ बैशाख, खोटाङ – यहि बैशाख २९ गते नेपाल फर्कन लागेका ३१ बर्षीय कल्याण राई सुतेकै स्थानमा मृत फेला परेका छन् । खोटाङको ...

गर्मीमा किन कम भोक लाग्छ ? यस्तो छ कारण
गर्मीमा किन कम भोक लाग्छ ? यस्तो छ कारण

 काठमाडाैं । गर्मी बढने क्रममा छ । बढ्दो गर्मीकै कारण हामीमध्ये धेरैलाई भोक कम लाग्छ । तपाईंहरुलाई थाहा छ किन यस्तो हुन् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...


धर्मराज रिमाल यसपाली फेरी आउछौ रे दाजैहाम्रो भेट हुन्छ रे दाजैगाउँघरमा यस्तै कुरा चल्छन आजभोलि तिमी आउछौ रे, ठुलो बाजागाजा सहितधेरै जन्ती अनी हसिलोअनुहार सहितहात जोड्दै बाआमालाई भेट्छौ रेसन्चो बिसन्चो सोध्छौ र ...