लोडसेडिङ अन्त्यको प्रशंसामा बन्यो चलचित्र, उज्यालो नेपाल (चलचित्रसहित)

२०७४ बैशाख ७ गते १५:२४ मा प्रकाशित


ujyaalo-nepal७ बैशाख, काठमाडौं । लोडसेडिङमुक्त देश बनाउने अभियानको कथावस्तुमा केन्द्रित चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको हो । उर्जामन्त्री भएपछि जर्नादन शर्माले लिनुभएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई चलचित्रमा देखाइएको छ ।

उनीहरुको इच्छाशक्तिका कारण उर्जा क्षेत्रमा आएको नाटकीय परिर्वतन र सकारात्मक प्रभावलाई चलचित्रमा चित्रित गरिएको छ । चलचित्रले विद्युत उत्पादन बढाएर देश उज्यालो बनाउने मन्त्री शर्माको अठोट र विद्युतको उचित व्यवस्थापनमा कुलमान घिसिङले देखाएको कुशलतालाई प्रस्ट गरेको छ ।

महानायक राजेश हमाल ‘उज्यालो नेपाल’ चलचित्रमा मन्त्रीको भूमिकामा देखिएका छन् भने पाइलट विजय लामा प्राधिकरण कार्यकारी निर्देशकको रुपमा देखिएका छन् । चलचित्रमा विद्युत विकासमा देखिएका समस्या र चालिएका कदमहरुलाई पनि देखाउन खोजीएको छ । शुभ मिडिया होम प्रा।लिले निर्माण गरेको यस चलचित्रमा अभिमन्यु निरवीको कथा रहेको छ ।

सरोज ओलीको निर्देशन रहेको चलचित्रमा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ । नेपाल टेलिभिजनमा प्रसारण भइसकेको चलचित्र ‘उज्यालो नेपाल’ युट्युबमा पनि सार्वजनिक गरिएको छ ।

You may also Like this

थप समाचार

कोरियन भाषा परीक्षाको नतिजा १ महिना भित्रै
कोरियन भाषा परीक्षाको नतिजा १ महिना भित्रै

काठमाडौं, असार ९ । गलत सूचनाका कारण कोरियन भाषा परीक्षा दिनबाट वञ्चितहरुका लागि असार २१ देखि २९ सम्म परीक्षा सञ्चालन गरिने भए ...

सचिव सरुवापछि प्रमुख निर्वाचन आयुक्त यसो भन्छन्
सचिव सरुवापछि प्रमुख निर्वाचन आयुक्त यसो भन्छन्

९ असार, काठमाडौं । शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा बोल्दै मुख्य आयुक्त यादवले आफूहरु निर्वाचनको अन्तिम तयारीम ...

मोबाइल बाड्ने निर्णयको चौतर्फी विरोध भएपछि मेयर शाक्यले के भने ?
मोबाइल बाड्ने निर्णयको चौतर्फी विरोध भएपछि मेयर शाक्यले के भने ?

९ असार । जनप्रतिनिधिका लागि मोबाइल खरिद गर्ने निर्णय काठमाडौं महानगरपालिकाको निर्णयको चर्को विरोध भएपछि मेयर विद्यासुन्दर शाक ...

कतारको दुखेको घाउमा इरानले यसरी लगायो मल्हम !

९ असार। साउदी अरबको नेतृत्वमा खाडी मुलुकहरुले दोहासँग सम्बन्ध तोडेपछि इरानले दैनिक एक हजार टन फलफुल र तरकारी कतार पठाएको जनाए ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...