बुढानिलकण्ठ नगरका जनतामा परिचित र लोकप्रिय पार्टी एमाले नै हो, हामीले जित्छौँः उद्धव खरेल

२०७४ बैशाख २३ गते २२:४४ मा प्रकाशित


काठमाडौँ । मुलुक यत्ति बेला चुनाबि महोलले केन्द्रित रहेको छ । पार्टीका उम्मेदवारहरु अहिले नगर, वडा–बासीहरुको घर दैलो कार्यक्रममा व्यस्त छन् । आफ्ना चुनाबी एजेण्डा सहित आफ्नो जित हुने विश्वासका साथ आफुलाई प्रस्तुत गरिरहेका छन् ।
नगरबासी तथा वडाबासीहरुका लागि पनि कुन उम्मेदवार छान्ने अथवा कसलाई भोट दिने ? भन्ने विषयमा केन्द्रित रहिरहेका छन् । विशेष रुपमा स्थानिय निकायको निर्वाचनलाई केन्द्रित गरेर केटिएम खबरले पनि विशेष सहभागीता मुलक कार्यक्रम तथा सम्वादहरुलाई जोड्दै आईरहेको छ ।
चुनावी रौनकतामा रहेका पार्टीका उम्मेदवारहरुलाई उम्मेदवारीको औचित्यका विषयमा उम्मेदवारी किन ?, हिजोका दिनहरुमा नगरबासीहरुलाई के दिनु भयो ?, अबको योजना के छ ?, नगरबासीले तपाईलाई किन भोट दिने ? भन्ने सवालमा केन्द्रित रहेर काठमाडौँका नगर उम्मेदवारहरुसंग विशेष भिडियो सम्वादलाई जोड्ने प्रयास गरिरहेका छौँ ।
यसै सन्दर्भमा काठमाडौँको उत्तरी भेगमा रहेको बुढानिलकण्ठ नगरपालिकाका नेकपा एमालेका मेयर उम्मेदवार उद्धव खरेलसंग केटिएम खबरका लागि श्याम कार्कीले विशेष भिडियो सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

Uddhav Kharel
चुनाबी अभियानमा नगरबासीहरुको घर दैलोमा पुगिरहनु भएको छ, कस्तो प्रतिक्रिया पाईरहनु भएको छ ? र यसबाट कस्तो महशुस गर्दै हुनुहुन्छ ?
संविधान निर्माण पछि, २० वर्ष पछि हुन गईरहेको यो स्थानिय तहको निर्वाचन अत्यन्त महत्वपुर्ण छ । 
हामी २०५४ को स्थानिय निर्वाचनमा पनि सहभागि भएर निर्वाचित भएर निरन्तर जनताको सम्पर्कमा राजनीतिक काम, विकासका काम, सामाजिक गतिविधिमा एकदम सक्रियता पुर्वक लागिरहेको कारणले हामीले अपेक्षा गरिरहेको अवस्था नै हो । तसर्थ हामी तिव्र व्यग्रता पछि यो हुन गईरहेको स्थानिय निर्वाचनमा एकदम सक्रियतापुर्वक यसमा हामी हुमिएका छौँ । जनताहरु उत्साहित भएको देखेका छौँ । हामी पनि योजनाबद्ध रुपबाट आफ्नो अभियानलाई सञ्चालन गरिरहेका छौँ ।
साविकको ६ गाविस मिलेर सिंगो बुढानिलकण्ठ नगरपालिका बनेको हो, त्यस मध्यबाट यहाँले जोडेको कुरा १९ वर्ष पहिला साविकको एक गाविसबाट यहाँ गाविस अध्यक्षमा निर्वाचित बन्नुभएको थियो । यसलाई समिक्षा गर्दा आजको दिनसम्म आईपुग्दा उद्धव खरेलबाट जनताले के पाए ?
हामी सामाजिक कार्यकर्ता, राजनैतिक कार्यकर्ता २०४७ सालको परिवर्तन पछि त्यो बेलाको एउटा नयाँ जेनेरेसनको रुपमा उत्साहित भएर यो राजनैतिक काममा, सामाजिक काममा होमिएका हौँ । तसर्थ यो बुढानिलकण्ठ नगरपालिका साविकको ६ वटा गाविसमा तत्कालिन बेलामा त्यस बेलामा हुनाहार युवाहरु जो चाहि ६ वटै गाविसमा स्थानिय निर्वाचनमा हुमिनु भयौ । विभिन्न किसिमको पेशा, व्याबसाय छाडेर पनि देश र जनताका लागि, गाउँको लागि केहि गर्नु पर्छ भनेर यसै क्रममा हाम्रा साथिहरु ६ वटै गाविसबाट निर्वाचित नी हुनुभयो । हामी त्यस बेलामा सचेत थियौ । पुरानो पुस्ताबाट त्यसलाई विस्थापित गरेर त्यसमा नयाँ पुस्ताहरु निर्वाचित भएका थियौँ । 
हामीसंग योजना थियो, सपना थियो । त्यस बेलाको अवस्थालाई हेर्ने हो भने अहिले धेरै परिवर्तन भएको छ । हरेक गाविसमा बाटोका पुर्वाधारहरु थिएनन्, खाने पानिको पुर्वाधार पनि एक दम कम थियो, नयाँ बस्तिको विकास पनि एकदम कम थियो । यो विचमा अत्यन्तै धेरै कुराहरुको प्रगति भएको छ । धेरै पुर्वाधारको विकास भएको छ । चेतनाको स्तरमा पनि एकदमै धेरै विकास भएको छ । तसर्थ त्यो विकास निर्माणका कुराहरुलाई अझ व्यबस्थित गर्नका लागि आ–आफ्नो ठाउँमा ६ वटै गाविसको एउटा मोर्चा थियो । हामीले नेकपा एमालेको तर्फबाट हरेकको छलफल गथ्र्यौ । सामुहिक योजना बनाउँथ्यौ । त्यसलाई कसरी कार्यन्वयन गर्ने ? भनेर क्रियाशिल भईरहेका थियौँ र राजनैतिक काममा पनि साविकको ५ नम्वर अहिलेको बुढानिलकण्ठ र खड्का भद्रकाली र अहिलेको ४ वटा गाविस, ६ वटा गाविसमा निरन्तर रुपमा राजनैतिक काम, सामाजिक काम, यस क्षेत्रको समस्या, आवश्यकता प्राथमिकरणको कुरामा निरन्तर सक्रिय रुपमा सहभागि भईरहेको कारण हामी यहाँको समस्यासंग परिचित छौँ, यहाँको समाधानका कुराहरुमा लागि रहेका छौँ । अहिलेको अबस्थामा ६ वटा गाविस मिलेर सिंगो नगरपालिका बनेको छ । हिजो चाहिँ छुट्टा–छुट्टै रुपमा योजना बनाईन्थ्यो । अब एकिकृत ढाचाको रुपमा नेपालको संविधानले परिकल्पना गरेको राज्य पुनःसंरचनाको स्थानमा ७४४ वटा स्थानिय निर्वाचन अन्तर्गत यो एउटा काठमाडौँ राजधानीको शिरमा रहेको अत्यन्त सुन्दर, संभावना बोकेको नगरपालिका हो । धेरै आधारभुत पुर्वाधारका विकासहरु तयार गरि सकेका छौँ । अब हामी यसलाई अझ व्यबस्थित गरेर नगरको हिसाबले अगाडी बढाउँने क्रममा हाम्रो अभियान जारी रहन्छ ।
अरु दलका उम्मेदवारको भिड–भाडमा उद्धव खरेलको उम्मेदवारी किन र के को लागि ?
धेरै ठाउँमा यहि प्रश्न आउँने गर्छ । बुढानिलकण्ठ नगरपालिकाको केही–केही फाटहरुको विकास भन्दा बाहेक धेरै ठाउँको भुगोलसंग हामी परिचित छौँ । धेरै ठाउँमा हामी घुमेका छौँ । धेरै ठाउँका काममा हामी लागेका छौँ । तसर्थ यो क्षेत्रको शसक्त जनतामा आधारित, जनतामा परिचित र लोकप्रिय पार्टी नेकपा एमाले रहेको छ । तसर्थ लोकप्रिय पार्टीका हामी लोकप्रिय कार्यकर्ता भएको दावी गर्छौ किनभने यहाँ रहेका नेकपा एमालेका कार्यकर्ताहरु अगुवा हामी हौँ । 
हामीले समाजमा धेरै कामहरु गर्यौ । यस विचमा टिप्पनि गर्ने, अरुको विरोध गर्ने, जनतालाई असुविधा हुने कुनै कामहरु गरेका छैनो । हामी दावी गर्न सक्छौँ । 
नेकपा एमालेका बुढानिलकण्ठ नगरपालिकाका मेयर उम्मेदवार उद्धव खरेलसंगको थप कुराकानी तथा भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

काठमाण्डौमा अन्तरघातका कारण कांग्रेस पछाडि पर्योः युवा नेता सिग्देल
काठमाण्डौमा अन्तरघातका कारण कांग्रेस पछाडि पर्योः युवा नेता सिग्देल

काठमाडौँ । गत बैसाख ३१ गते सम्पन्न स्थानिय निकायको चुनाबी परिणाम नेपाली कांग्रेसका लागि सन्तुष्टिजनक देखिएन । कांग्रेसको बाहु ...

बुढानिलकण्ठ नगरका जनतामा परिचित र लोकप्रिय पार्टी एमाले नै हो, हामीले जित्छौँः उद्धव खरेल
बुढानिलकण्ठ नगरका जनतामा परिचित र लोकप्रिय पार्टी एमाले नै हो, हामीले जित्छौँः उद्धव खरेल

काठमाडौँ । मुलुक यत्ति बेला चुनाबि महोलले केन्द्रित रहेको छ । पार्टीका उम्मेदवारहरु अहिले नगर, वडा–बासीहरुको घर दैलो का ...

माओवादी जनताको साथी हो, नीति र नेतृत्वको जिम्मा लिन तयार छः अधिकारी (अन्तरवार्ता)
माओवादी जनताको साथी हो, नीति र नेतृत्वको जिम्मा लिन तयार छः अधिकारी (अन्तरवार्ता)

काठमाडौँ । १९ बर्ष पछी हुन लागेको स्थानिय निकायको चुनाबी रौनक यति बेला चिया पसल देखि उच्च स्थानसम्म बहसको विषय बन्न थालेको छ ...

बरियताको विषयमा प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिबीच विवाद
बरियताको विषयमा प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिबीच विवाद

काठमाडौं, चैत ६ - मन्त्रिमण्डलमा वरियाताको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री विमलेन्द्र निधिबीच वि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...