उद्दार र राहतमा जुटे ‘धुर्मुस’

२०७४ साउन ३१ गते १३:२२ मा प्रकाशित


dhurmusकाठमाडौं, साउन ३१ । लगातार वर्षाको कारण मुलुकभरको विभिन्न स्थानमा बाढीले निकै धनजनको क्षति भयो। विषेशतः तराईका जिल्लमा बाढीले धेरै क्षति बनायो। बाढीले कयौंको मृत्यु हुनुको साथै कतिको घरगोठ सबै बगाएपछि मानिसहरु विस्थापित भएका छन् भने उनीहरुको उद्दार र राहतमा सरकारी पहल प्रभावकारी हुन सकेको छैन।

विपतको समयमा बाढी पीडितको गाँस, बास, कपास र सुरक्षा र स्वास्थ्यको उचित व्यवस्था गर्न सरकारलाई चौतर्फी रुपमा दवाव छ। सरकाले व्यत्तिगत रुपमा आफुखुसी बाढीपीडितलाई सहयोग नर्गन अंकुस लगाउन खोजेको छ।

तर मुलुकमा यति ठुलो विपत आइपर्दा समाजप्रति केही गर्नुपर्छ भन्ने कलाकारहरु बाढीपीडितको सहयोगका लागि आफै लाग्न थालेका छन्।

भुकम्पपछि ३ वटा नमुना बस्ती बनाएका कलाकार सिताराम कट्टेल ९धुर्मुस० ले बाढीपीडितको सहयोगार्थ उनी आफै तराईका जिल्लामा राहतका सामाग्री लिएर गएका छन्।

उनले तराइका विभन्न जिल्ला महोत्तरी, धनुषा, सिरहा, सप्तरी हुँदै झापासम्म पुगेर बाढीपीडितको उद्दारमा आफैँ खटिए।

 

सोमबार उनले आफ्नो फेसबुक अकाउण्टमा केही तस्वीर अपलोड गर्दै स्टाटस मार्फत आफु पुगेको ठाउँ सप्तरी जिल्लाको अवस्थाको बारेमा बर्णन गरेका छन्।

उनले लेखेका छन्,‘न खाने गाँस छ न त बस्ने बास छ। सम्पत्तिको नाउँमा शरीरमा एक सरो लुगा बाहेक केही बाँकी छैन। निरन्तरको अविरल बर्षाले सप्तरी जिल्लाको भारदह स्थित कोसी बाँध किनारका बाढी पीडितहरुको कथा बेथा हो यो। हामीले लिएर गएको राहतको समाग्री उहाँहरु रहेको स्थान सम्म पुर्याउन निकै कठिन परेपछि उहाँहरुलाई सुरक्षित स्थानमा भेला गराई मुश्किलले राहत प्रदान गरियो।’

 

उनले आफ्नो फाउण्डेसनबाट पनि सबैसामु सहयोगको अपिल गरेका थिए। उनको फाउण्डेसनमा सहयोग गर्नेहरु पनि बढ्दै गएका छन्।

You may also Like this

थप समाचार

यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ
यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ७ भेटघाट चोकमा रहेको फ्रेण्डसिप क्याफेले आइतबार न्यू इअर इभ तथा छैटौ वार्षिक उत्स ...

लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)
लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)

समग्र मजदुरहरुको हकहितको लागि भनेर स्थापना गरिएको नेपाली कांग्रेस पार्टीको सुवेच्छुक संगठन हो नेपाल ट्रेड युनियन कांग्रेस । ...

म्यान्चेस्टर सिटी विजयी
म्यान्चेस्टर सिटी विजयी

काठमाडौँ । शनिबार भएको इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । सो विजयसंगै सिटीले लगातार १६ औं जितको कीर्तिमान ...

वाम गठबन्धन टुट्दैनः प्रचण्ड
वाम गठबन्धन टुट्दैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...