७ भाद्र । अमेरिकी विदेश मन्त्री रेक्स् टिलरसन्ले अमेरिकाले अफगानिस्तानको युद्ध जित्न सम्भव नहुने बताएका छन्। वासिङ्टनमा संवाददाताहरुसँग बोल्दै टिलरसन्ले अफगानिस्तानमा जारी युद्ध तालिबानले पनि जित्न नसक्ने र कुनै बिन्दुमा युद्धरत पक्षबीच वार्ता हुनै पर्ने बताए।
तालिबानलाई वार्ताको टेबुलमा ल्याउन पाकिस्तानले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ । राष्ट्रपति ट्रम्पले दावी गरेजस्तै टिलरसन्ले पनि इस्लामावादले तालिबानलाई आश्रय दिएको आरोप लगाए। तर उनले सबै पक्ष मिलेर शान्ति कायम गर्न लागिपर्नु पर्ने बताए।
उनले भने, “हामीले देखेका छौं आतंककारी संगठनलाई पाकिस्तानभित्र सुरक्षित आश्रय दिइएको छ। ती संगठनले अमेरिकी सैनिक र अधिकारीमाथि आक्रमण गर्ने प्रयास गरेका छन्। पाकिस्तानले अब नयाँ ढंगले काम गर्नै पर्छ।”
तर पाकिस्तानले चाहिँ अमेरिकी आरोप अस्वीकार गर्दै भनेको छ आतंकवादका कारण कुनै पनि देश पाकिस्तान जति धेरै प्रताडित भएको छैन। बीबीसी संवाददाता बार्बरा प्लेट अशर भन्छिन् पाकिस्तानले तालिबान र अन्य विद्रोही संगठनलाई आश्रय दिएको आरोप खेप्दै आएको छ।
उनी भन्छिन्, “त्यस्को एउटा कारण यो होः पाकिस्तानले त्यस्ता संगठनको उपस्थितिका कारण आफ्नो प्रतिद्वन्द्वी भारत र अन्य देश हच्कन्छन् भन्ने ठान्दछ। तर ट्रम्प प्रशासनको जोडबलले पाकिस्तानको रणनैतिक आकलनलाई सजिलै बदल्न सक्दैन।”
यस अघि राष्ट्रपति ट्रंपले क्याम्प डेबिटमा भएको सुरक्षा अधिकारीहरुसँगको बैठकपछि ट्रम्पले जित्नका लागि लड्ने बताएका थिए । ‘हामी जित्नका लागि लड्ने छौं ।’ ट्रम्पले भने, ‘हामी कहिले आक्रमण गइरहेका छौं भन्ने कुरा त म भन्न सक्दिनँ, तर हामी आक्रमण गर्नेछौं ।’
अमेरिकाको घोषणाविरुद्ध तालिबानले कडा प्रतिक्रिया दिएको छ । अमेरिकाले युद्दको धम्की दिनु भन्दा आफ्ना सैनिक फिर्ता लग्नुपर्ने तालिबानले बताएको छ । -बिबिसी
काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...
स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...
२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...
काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...