ट्रम्प र किमले गरे संयुक्त दस्तावेजमा हस्ताक्षर

२०७५ जेष्ठ २९ गते १४:०८ मा प्रकाशित


काठमाडौं । ऐतिहासिक वार्तासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् ।

Trump-and-Kim-sign-on-Documents

केहीबेरपछि दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् ।

ट्रम्प र किमबीच सिंगापुरको सान्तोसा आइल्याण्डस्थित होटलमा भेटवार्ता भएको हो ।

दुई नेताबीच ३८ मिनेट वार्ता भएको थियो ।

संयुक्त दस्तावेज हस्ताक्षर गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले निकै राम्रो कुराकानी भएको बताए । कोरियासँगको सम्वन्ध विगतभन्दा अर्को अवस्थामा पुगेको उनले बताए ।

उत्तर कोरियाली नेता किमले विगतलाई छाडेर अघि बढेको र विश्वले आश्चर्यजनक परिवर्तन पाएको बताए ।

दस्तावेजमा हस्ताक्षरपछि दुवै नेताले हात मिलाए । फोटो सेसनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम निकै चलाख भएको बताएका छन् ।

You may also Like this

थप समाचार

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

किन पर्‍यो हिलो सहितको पानी ?
किन पर्‍यो हिलो सहितको पानी ?

काठमाडौं । मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति परेको थियो । पानी अन्य दिनहरुको जस्तो सफा भ ...

सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)
सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)

भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ ।सुतिरहेको कुकुरमाथि सडक का ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...