टोटनह्याम र आर्सनल विजयी

२०७४ बैशाख १४ गते १२:२२ मा प्रकाशित


arsanal-hotsarकाठमाडौं, वैशाख १४ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा टोटनह्याम हट्सपर र आर्सनल विजयी भएका छन् ।


लिग तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीसँगको उपाधि होड जीवित राख्नेक्रममा टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । खेलमा टोटनह्यामलाई विजयी गराउन क्रिश्चियन एरीक्सनले ७८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
गएराति नै भएको अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० ले हरायो । खेलको ८६ औं मिनेटमा लेस्टर सिटीका रोबर्ट हुथले आत्माघाती गोल गरेपछि आर्सनल विजयी भएको हो ।
गएराति नै भएको अर्को खेलमा मिडिल्सब्रोले सण्डरल्याण्डलाई १–० ले हराएको छ ।

गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानको चेल्सीमाथि टोटनह्यामले दबाब बढाएको छ ।

३३ खेलबाट चेल्सीको ७८ अंक छ भने टोटनह्यामको ७४ अंक भएको छ । एक खेल बढी खेलेको लिभरपुल ६६ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।
प्रिमियर लिग फुटबलमा आज राति म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाईटेड भिड्नेछन् ।

You may also Like this

थप समाचार

बलरा नगरमा मतगणना रोकियो
बलरा नगरमा मतगणना रोकियो

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच व ...

होटलमा खबौँ लगानी
होटलमा खबौँ लगानी

काठमाडौ, असोज २ । होटल एसोसिएसन अफ नेपाल ९हान०ले होटल व्यवसायमा खर्बौंको लगानी भएको भन्दै त्यसअनुसारको पर्यटकीय पूर्वाधार विक ...

गुगलविरूद्ध मुद्दा दायर
गुगलविरूद्ध मुद्दा दायर

काठमाडौँ, असोज २ । गुगलविरुद्ध तीन जना महिला कर्मचारीले मुद्दा हालेका छन्। समान काम गर्ने भए पनि पुरुष कर्मचारीको तुलनामा आफू ...

गर्लफ्रेण्ड गिन्नीसँग कपिलले गरे ‘ब्रेकअप’ !
गर्लफ्रेण्ड गिन्नीसँग कपिलले गरे ‘ब्रेकअप’ !

एजेन्सी, भदौ ३० । भारतका लोकप्रिय कमेडियन कपिल शर्मा हिजोआज निकै चर्चामा छन्। उनको स्वास्थ्य अवस्था खराब भएका कारण उनको शो नै ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...