‘द कपिल शर्मा शो’ बन्द !

२०७४ भदौ १९ गते १४:३१ मा प्रकाशित


tks_1१९ भदौ - कुनै समय धेरैको रोजाइमा परेको ‘कपिल शर्मा शो’को लोकप्रियता निकै घट्दो मात्रामा रहेको छ । कमेडी नाइट विथ कपिलबाट निकै चर्चामा आएपछि कपिलको लोकप्रियता निकै चुलिएको थियो । सोही कारणले गर्दा उनलाई धेरै भारतीय टेलिभिजनले रियालिटी शो सञ्चालन गर्न आग्रह गरे । अन्ततः शोनी टेलिभिजन सफल भयो र उनी लगायत उनको टिमसँग मोटो रकममा सम्झौता पनि गर्यो ।

कार्यक्रममको लोकप्रियतासँगै आफ्नो स्टारडम बढाएका कपिलले आफ्नो सहकर्मी सुनिल ग्रोबरलाई प्लेनमा हातपात गरेपछि सुनिलले शो छोडे । उनले शो छोडसँगै कपिलको शोले चर्चा पाउन छाडेको थियो । त्यस्तै, द कपिल शर्मा शोबाट अन्य ठूला कलाकार गुत्थी र बुआ पनि बाहिरिसकेका छन् । यसले शर्माको शोको लोकप्रियता ह्वात्तै घटेपछि टेलिभिजनको टिआरपी घटेको छ ।

केही दिन अघि भारतीय च्यानल सोनीले एक विज्ञप्ती नै जारी गरी कपिल शर्मा शो हालको लागि बन्द गरिएको बताएको छ । विज्ञप्तीमा भनिएको छ ‘कपिल शर्माको स्वास्थ्यका कारण हालको लागि शो बन्द गर्न लागिएको हो ।’ यद्यपी च्यानलसँग कपिलले एक वर्षको सम्झौता गरेको हुँदा आगामी दिनमा कसरी अगाडी बढेर जाने भन्ने रणनीति बनाउनको लागि शो बन्द गरिएको भारतीय अनलाइनहरुले जानकारी दिएका छन् ।

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...