काठमाडौँ । कपन, बालुवाखानीमा रहेको तिरुपति इंग्लिस बोर्डिङ्ग हाई स्कुलले आफ्नौ १२औँ वार्षिक उत्सव एवं अभिभावक दिवस विहिबार सम्पन्न गरेको छ । स्कुल कै प्रांगणमा गरिएको उक्त कार्यक्रम विहान १०ः३० बजेदेखी बेलुका ६ बजेसम्म चलेको थियो ।
जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा काठमाडौँ क्षेत्र नम्वर ४ प्रदेशसभा ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य कुसुम कुमार कार्की, विभिन्न स्कुलका प्रिन्सिपल, स्थानिय व्यक्तिहरु, विद्यार्थी तथा अभिभावक, राष्ट्रिय कलाकार एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न विधामा विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
यस्तै कार्यक्रममा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री पण्डितले निजी विद्यालयले शिक्षामा महत्वपुर्ण योगदान प्रदान गरिरहेको बताएका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले तिरुपति इंग्लिस बोर्डिङ्ग हाई स्कुलका प्रिन्सिपल तेन्जिङ भुटियासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
वर्ल्ड प्रेस फोटो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। अहिलेसम्म कुनै पनि नेपालीले जित्न नसकेको यो अ ...
काठमाडौँ । बासबारी, भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले यहि चैत्र २४ गते शनिबार ‘स्कुल मेला’ सम्प ...
काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले छैटौ अभिभावक दिवस तथा दिक्षान्त समारोह यहि चैत्र ...
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका गागलफेदिमा रहेको शान्ति पाठशालाले यहि चैत्र २४ गते शनिबार अभिभावक दिवस तथा विविध सांस् ...