पत्रकार भुसालको निधनबारे छानबिन गर्न गृह सचिवको निर्देशन

२०७४ पुस १२ गते १९:४८ मा प्रकाशित


tirtha raj bhusal

१२ पुस । गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नवलपुरका पत्रकार तीर्थराज भुसालको निधनको घटनाबारे गम्भीरतापूर्वक छानबिन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनुभएको छ ।
गत मंसिर १४ गते नवलपरासीको दाउन्नेमा सवारीका दुर्घटनामा परी उपचारका क्रममा ललितपुरको मेडिसिटीमा अस्पतालमा २३ गते भुसालको निधन भएकामा परिवारले घटनालाई रहस्यमय भएको जनाएको भन्दै शिक्षा पत्रकार समूहले सचिव सापकोटालाई आज सिंहदरबारमा लिखित ध्यानाकर्षण गराएको थियो ।
ध्यानाकर्षणपछि सचिव सापकोटाले नवलपुरका प्रमुख जिल्ला अधिकारी शम्भू मरासिनीलाई तत्काल आवश्यक छानबिन गराउन निर्देशन दिनुभएको हो । भुसाल समूहका केन्द्रीय सदस्य र नवलपुर एफएमका प्रबन्ध निर्देशक हुनुहुन्थ्यो ।
समूहका अध्यक्ष दीपक दाहालसहितको प्रमण्डलले ध्यानाकर्षणपत्र दिँदै भुसालले चलाएको मोटरसाइकलमा कुनै क्षति नभएको, पछाडि बस्ने व्यक्तिलाई पनि केही नभएको तथा कुन गाडीले ठक्कर दिएको भन्नेसमेत हालसम्म किटान हुन सकेको छैन ।

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...