टिकट लिएरै कयौंपटक विमानमा उडे तर कहिल्यै रकम तिरेनन् यिनले

२०७३ साउन ५ गते १०:५७ मा प्रकाशित


५ साउन, काठमाडौं । देश–विदेश घुम्न जोकोहीलाई मन लाग्छ तर घुम्नकै लागि रकमको जोहो गर्न भने धेरैले सक्दैनन् । त्यसैले कतिपयले आफ्नो रहरलाई त्याग्नु परेको हुन्छ ।

भारत, जोधपुरका अनितेश गिरी गोस्वामी यस्तै रहर भएका युवा हुन् । २३ वर्षीय गोस्वामीलाई घुम्न त मन थियो र उनीसँग पर्याप्त रकम थिएन ।

आइटीका ज्ञाता उनले केही समय किंगफिशर र एयर इन्डियाजस्ता एअरलाइन्स कम्पनीमा जागिर पनि खाए । त्यतिबेलाको अनुभवले विमान कम्पनीको टिकट कसरी बुक गरिन्छ भन्नेकुरा बुझ्न उनलाई पर्याप्त ज्ञान दियो ।

सोही ज्ञानलाई दुरुपयोग गर्दै उनले एअर इन्डिया विमानसेवा कम्पनीको वेबसाइट ह्याक गर्दै सयौं टिकट बनाए । केही टिकटमा उनी आफैं विभिन्न रुटमा घुम्न गए भने केही टिकट उनले टुर अपरेटरहरुसमक्ष बेचिदिए । यसरी बेचेका टिकटबाट उनले आफ्नोलागि घुम्ने खर्च निकाल्थे ।

लामो प्रयासपछि दिल्लीको साइबर क्राइम सेलले उनलाई पक्राउ गरेको छ । उनका साथबाट प्रहरीले एउटा ल्यापटप, केही मोबाइल र एअर इन्डियासँग सम्बन्धित केही दस्तावेज बरामद गरेको छ ।

प्रहरीका अनुसार उनले अहिलेसम्म त्यसरी सयौं टिकट लिइसकेको पाइएको छ । ती टिकटबाट उनले शुल्क तिरेका थिएनन् । वेबसाइट ह्याक गरी अनलाइन टिकट बुक गरेर उनले टिकट हात पार्ने गरेको अनुसन्धानबाट खुलेको इमेज खबरले खबर लेखेको छ ।

You may also Like this

थप समाचार

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...