३० मेगावाट विद्युत् थप हुदैँ

२०७४ साउन १ गते १२:५५ मा प्रकाशित


electrcity१ साउन । वि।सं। २०७४ मा निजी क्षेत्रबाट सन्चालित सिन्धुपाल्चोक जिल्लाका तीन जलविद्युत् आयोजनाबाट थप २९.६ मेगावाट विद्युत् उत्पादन भइ राष्ट्रिय प्रसारणलाइनमा जोडिने भएको छ ।

वैशाख १२ गतेको भूकम्प, भारतीय नाकाबन्दी र बाढी–पहिरोले क्षति पुर्‍याइ बन्द भएको ४.२ मेगावाटको बराम्ची जलविद्युत् आयोजना, लक्ष्यभित्र सम्पन्न हुन नसकेका २२.२ मेगावाटको चाकु ‘ए’ र ३.२ मेगावाटको गेलुङखोला आयोजना चाँडै नै सम्पन्न भएपछि थप विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिने भएको हो ।

वि।सं। २०७२ वैशाखमा सम्पन्न गरिने लक्ष्य रहेको भोटेकोसी करिडोरअन्तर्गत् शिवश्री हाइड्रो पावरद्वारा निर्माण भइरहेको २२ दशमलव २ मेगावाटको चाकु ए आयोजना आगामी माघ महिनामा सम्पन्न गरिने कार्यकारी निर्देशक उमेश कसजुले बताए ।

सो आयोजना सम्पन्न हुने बेलामा भूकम्पले ठूलो क्षति पुर्‍याएपछि दुई वर्ष ढिलाइ भएको हो ।

पुनःनिर्माणको काम अगाडि बढाइरहेकै अवस्थामा नाकाबन्दी र गत वर्ष असार तेस्रो साता तिब्बतबाट भोटेकोसीमा आएको बाढीले बाह्रबिसे–तातोपानी २६ किकि सडकखन्ड ध्वस्त भइ लामो समयसम्म यातायात बन्द भएको थियो ।

हाल सो आयोजनाको काम तीव्ररुपमा भइरहेकाले आगामी माघसम्म सम्पन्न भइ विद्युत् उत्पादन हुने बताइएको छ ।

जुगल गाउँपालिकाअन्तर्गत् हगामस्थित ३.१ मेवाको गेलुङखोला आयोजनाबाट आउँदो असोज महिनाभित्र विद्युत् उत्पादन हुनेछ । त्यसलाई भूकम्प र बाढीपहिरोको असरले गर्दा निर्धारित् समयभन्दा दुई वर्षपछि सम्पन्न भएको हो ।

निजी क्षेत्रबाट सन्चालित ४.२ मेगावाटको बरम्चीखोला आयोजना भूकम्पबाट क्षति पुगेपछि विगत दुई वर्षदेखि बन्द छ । सो आयोजनालाई आगामी कात्तिकसम्म पूर्णरुपमा सन्चालनमा ल्याइने भएको छ ।

विनाशकारी भूकम्प र बाढीका कारण सन्चालनमा आइरहेको ४५ मेगावाटको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजना विगत दुई वर्षदेखि बन्द छ । रासस

You may also Like this

थप समाचार

मेलम्चीको पानी आउन ६ महिना लाग्ने
मेलम्चीको पानी आउन ६ महिना लाग्ने

काठमाडौंवासीले वर्षौंदेखि प्रतिक्षा गरिरहेको मेलम्ची यस वर्ष असोजमा आउने भनिएको थियो। सुरूङ खन्ने काम अन्तिम चरणमा पुगे पनि ...

सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?
सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?

गाउँका मतदाता र सहरी मतदाताको मनोविज्ञान अलग हुन्छ । उनीहरू प्रभावित बन्ने मानक बिल्कुल भिन्न हुन्छ । गाउँका मतदात ...

पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने
पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने

हुप्रतीक्षित रक्सौल अमलेखगञ्ज पेट्रोल पाइपलाईन परियोजना निर्माण कार्य अर्को महिनादेखि सुरु हुने भएको छ। भारतबाट पेट्रोलियम पद ...

दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार
दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार

काठमाडौँ । मंसिर २१ गते हुने दोस्रो चरणमा हुने चुनावको लागि नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ १ सय २८ क्षेत्रमध्ये १९ क्षेत ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...