थाई फोटोग्राफरको आँखामा यस्तो नेपाल (फोटो फिचर)

२०७४ बैशाख २३ गते १०:४२ मा प्रकाशित


18२३ बैशाख, काठमाडौं । घुमफिरको योजना बुन्नेहरुले थाइल्यान्डलाई घुम्नैपर्ने देशको सूचीमा राख्ने गर्छन् । तर, थाई फोटोग्राफरहरु भने उल्टै नेपालप्रति लोभिने गर्छन् । उनीहरु बेलाबेला यहाँ आएर हिमाली क्षेत्र, सम्पदा स्थल र जीवनशैलीको मनमोहक झलक तस्बिरमा समेट्ने गर्छन् ।

यस्तै ६ जना थाई फोटोग्राफरले नेपालका विभिन्न स्थानमा खिचेका तस्बिरहरु शुक्रबारदेखि नेपाल पर्यटन बोर्डमा प्रदर्शनीमा राखिएका छन् । प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबारदेखि गरिने ‘फोटो नेपाल’ प्रदर्शनीमा यी तस्बिरहरु मे महिनाका आकर्षण बनेका हुन् । थाई फोटोग्राफरको आँखामा देखिएका नेपालको कोलाज पर्यटन बोर्ड भृकुटीमण्डपमा वैशाख २२ देखि २७ सम्म हेर्न सकिनेछ ।


प्रदर्शनीमा समेटिएका वरिष्ठ थाई फोटोग्राफर पुन्नावित सुवात्तानानुन नेपालमा तस्बिर खिच्न नियमित रुपमा आउने गरेका छन् । उनले सगरमाथा र अन्नपूर्ण क्षेत्र तथा काठमाडौंका सम्पदा स्थलमा खिचेका फोटोहरु प्रदर्शनीमा राखिएका छन् ।


पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दीपकराज जोशीले फोटो नेपाल देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियान रहेको बताए । ‘संसारभरि रहेका फोटोग्राफरहरुले नेपालमा खिचेका फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटो मार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने अभियान हो’, उनले भने ।

1101213141516171922021345678911

 

You may also Like this

थप समाचार

सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति
सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति

मुम्बई– बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सल ...

५२ वर्ष सम्ममा यति बदलिए सलमान, हेर्नुहोस् बाल्यकालदेखिका यि १० तस्विरहरु

मुम्बइ। बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । कालो हरिणको शिकार गरेको अभियोगमा घटनाको २० ...

नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)
नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)

काठमाडौँ । केशब पौडेलको प्रस्तुतीमा नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा आएको छ । गायिका देबी घर्ति र गायक बिक्रम ...

अम्बिका गुरुङको शब्दमा नयाँ गीत माया लगाई बजारमा (भिडियो)
अम्बिका गुरुङको शब्दमा नयाँ गीत माया लगाई बजारमा (भिडियो)

काठमाडौं – पछिल्लो समयकी सक्रिय गीतकार अम्बिका गुरुङको शब्द शृजनामा अर्को नयाँ गीत माया लगाइको भिडियो सार्वजनिक गरिएको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...