उत्साह छैन तेस्रोलिंगीमा चुनाबको

२०७४ बैशाख ३० गते १०:३८ मा प्रकाशित


काठमाडौं – झन्डै दुई दसकपछि हुन लागेको स्थानीय निकाय निर्वाचनले धेरैलाई जागरुक बनाइरहेका बेला यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा भने उत्साह मरेको छ।

नयाँ शक्तिबाहेक कुनै पनि राजनीतिक दलले चुनावी घोषणपत्रमा उनीहरूका मुद्दा नउठाएको र मतदानमा सहभागिताका लागि उपयुक्त वातावरण नपाएको भन्दै उक्त समुदायले चिन्ता प्रकट गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।

लामो समयसम्म निर्वाचन अनिश्चित बन्नु र पर्याप्त तयारीबिनै निर्वाचन प्रक्रिया अघि बढाइएकाले आफूहरूना हकअधिकार उपयोग गर्न नसकिनेमा उनीहरू चिन्तित बनेका हुन्। २० वर्षपछि स्थानीय निकायको निर्वाचन हुन लागे पनि प्रचारप्रसार र जनचेतनाको अभावमा आफ्नो समुदायका धेरै सदस्य मताधिकारबाट वञ्चित हुनुपरेको र त्यसले सकारात्मक सन्देश नदिने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संस्था ‘ब्लु डाइमन्ड सोसाइटी’की अध्यक्ष एवं तेस्रोलिंगी पिंकी गुरुङले बताउनुभयो।

‘निर्वाचनमा भाग लिएका उम्मेदवार हाम्रो मुद्दामा कति संवेदनशील छन् र निर्वाचनमा खटिएका पर्यवेक्षक कति सचेत भन्ने थाहा पनि पाउन सकिएन’, उहाँले भन्नुभयो, ‘निर्वाचन जित्नेहरू गम्भीर होलान् भन्ने आशा न्यून छ। त्यसैले हामी जति उत्साहित हुनुपर्ने थियो, त्यति हुन सकेनौं।’

पहिचानअनुसार वा इच्छाइएको नामबाट मतदान गर्ने र उम्मेदवारी दिने अधिकार उपयोग गर्न नपाएको सोसाइटीका सदस्य समलिंगी दीपेश भण्डारीले गुनासो गर्नुभयो। त्यसले गर्दा निर्वाचनका लागि उम्मेदवारी दिँदा अनेकौं समस्या झेल्नुपरेको र त्यो सबैले गर्न नसक्ने उहाँको भनाइ छ।

You may also Like this

थप समाचार

चुनाव सर्ने पक्कापक्की, केपी ओलीको मौन समर्थन
चुनाव सर्ने पक्कापक्की, केपी ओलीको मौन समर्थन

काठमाडौं – मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाललाई स्थानीय तह निर्वाचनको दोस्रो चरणमा सहभागी गराउन केही दिन निर्वा ...

२०७४/७५ का लागि बजेट आज संसदमा पेस हुने
२०७४/७५ का लागि बजेट आज संसदमा पेस हुने

काठमाडौँ, १५ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि आय व्ययसहितको बजेट सोमबार व्यवस्थापिका संसद्मा प्रस्तुत गर ...

राजपालाई सहमतिमा ल्याउन चुनाव एक साता सार्ने तयारी
राजपालाई सहमतिमा ल्याउन चुनाव एक साता सार्ने तयारी

काठमाडौँ, १५ जेठ – दोस्रो चरणको स्थानीय चुनावलगत्तै संविधान संशोधन गर्नेगरी सहमति जुटाउन आयोजित ठूला तीन दल र राजपा बैठ ...

पाँच हजारभन्दा बढी आरोहीले टेके सगरमाथा शिखरमा
पाँच हजारभन्दा बढी आरोहीले टेके सगरमाथा शिखरमा

काठमाडौं, जेठ १५ – विश्वको सर्वोच्च चुचुरो सगरमाथा ९८ हजार ८४८ मिटर अग्लो०मा मानव पाइला पुगेको सोमबार ६४ वर्ष पुगेको छ। ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...