तपाई म्यादी प्रहरीमा भर्ना हुनुभएको छ ? यस्तो छ तलब, भत्ता लगायत सुविधा

२०७४ बैशाख ७ गते १४:५५ मा प्रकाशित


temporay cops७ बैशाख, काठमाडौं । बिहीबारको मन्त्रिपरिषद बैठकले स्थानीय चुनावका लागि भर्ना भएका म्यादी प्रहरीका लागि सेवा सुविधा तोकेको छ ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले गरेको निर्णय अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । उनीहरुले पोशाक भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पाउँनेछन् ।

यस पटक अघिल्लो निर्वाचनमा जस्तो सरकारले पोशाक सिलाएर दिनेछैन । गृह मन्त्रालयले तोकिदिएको मापदण्ड अनुसार म्यादी प्रहरीले आफै पोशाक किन्नुपर्नेछ ।

यसका अतिरिक्त पनि म्यादी प्रहरीका लागि सुविधा निर्धारण गरिएको छ । निर्वाचनमा खटिँदा सात दिन उनीहरुलाई थप बिशेष भत्ता उपलब्ध गराइने छ । एक सातामा उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् । यस्तै निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि उपलब्ध गराउने छ ।

५५ दिनको बिशेष वीमा

स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सरकारले देशभर ७५ हजार म्यादी प्रहरी भर्ना गरेको छ । म्यादी प्रहरीलाई आवश्यक तालिम दिएर गृहमन्त्रालयले सम्बन्धित मतदान स्थलमा खटाउँछ ।

निर्वाचनका बेला कुनै घटना दुर्घटना भएमा सरकारले म्यादी प्रहरीका लागि बिशेष वीमाको व्यवस्था समेत गरेको छ । निर्वाचन अवधिभर ५५ दिनका लागि प्रतिम्यादी प्रहरी २ लाख बराबरको दुर्घटना वीमा गर्ने निर्णय गरेको हो । निर्वाचनमा खटिएका बेला म्यादी प्रहरी दुर्घटनामा परेमा २ लाख क्षतिपूर्ति पाउनेछन् ।

यस्तै उनीहरुका लागि १ लाख ५० हजार रुपैयाँसम्मको स्वास्थ्य वीमा गरिने भएको छ । निर्वाचन अवधि ५५ दिनभित्र कुनै म्यादी प्रहरी विरामी परेमा एक लाख ५० हजारसम्मको उपचार खर्च पनि सरकारले व्यहोर्ने छ ।

You may also Like this

थप समाचार

यी नाकामा गर्दैछ चीनले स्थलगत अध्ययन
यी नाकामा गर्दैछ चीनले स्थलगत अध्ययन

काठमाडौं, असोज ५ । नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले न ...

परोहा नगरमा नेपाली कांग्रेसले बाजी मार्यो
परोहा नगरमा नेपाली कांग्रेसले बाजी मार्यो

५ असोेज, काठमाडौं । जिल्लाको परोहा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवा ...

माओवादी केन्द्रले खातामा १ सिट थप्यो
माओवादी केन्द्रले खातामा १ सिट थप्यो

५ असोज, पर्सा । पर्साको ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पिएल श्रेष्ठ र उपाध्यक्षमा सोही दलका शान्तिकुमारी थिङ व ...

मन्त्रीकी पत्नी बनिन् मेयर
मन्त्रीकी पत्नी बनिन् मेयर

५ असोज, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रिनाकुमारी साह विजयी भएकी छन् । उनी माओवादी नेता एवम् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...