पोखरा महोत्सवको तयारी सम्पन्न

२०७३ पुस २८ गते १२:४७ मा प्रकाशित


timthumb_2पोखरा, २८ पुस । युनाइटेड क्लबले पोखराको अमरसिंह चौरमा यही पुस २९ देखि माघ १० गतेसम्म सञ्चालन गर्न लागेको सातौँ पोखरा महोत्सवको तयारी सम्पन्न भएको छ। क्लबद्वारा बुधबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचारप्रसार संयोजक तथा क्लबका महासचिव राजु श्रेष्ठले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

उनका अनुसार महोत्सवको पुस २९ गते दिउँसो १ बजे अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महोत्सव सम्पन्न गर्न विभिन्न ३५ वटा उपसमिति क्रियाशील रहेको जानकारी दिँदै क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सुकबहादुर गुरुङले महोत्सवमा दुईसय ४० स्टल रहने बताए।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवम् बिक्री, हस्तकला सामानको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधीको प्रदर्शनी एवम् जानकारी आदि रहने र यसपटक नीलगाई, रतुवा मृग, हुचिल, अजिङ्गर, मृग आदि जङ्गली जनावर पनि प्रदर्शन गरिनेछ । विगतका महोत्सवकै माध्यमबाट क्लबको सक्रियतामा लेखनाथको पचभैयाँमा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय चिडियाखानाका लागि २५ लाख नगद सङ्कलन भइसकेको जानकारी दिँदै गुरुङले त्यसका अतिरिक्त महोत्सवबाट बचेको रकमले सेती नदी सरसफाइ, शिक्षा, स्वास्थ्य, खेलकुद आदिमा लगानी गर्ने सोच राखिएको बताए। रासस 

You may also Like this

थप समाचार

जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्
जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्

८ साउन । क्रिष्टियानो रोनाल्डो अबको दुईदेखि तीन वर्ष रियल मड्रिडमै रहने प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । स्पेनिस क्लब र ...

२ अमेरिकी अखबारविरुद्ध राष्ट्रपति ट्रम्पले लगाए गम्भीर आरोप...
२ अमेरिकी अखबारविरुद्ध राष्ट्रपति ट्रम्पले लगाए गम्भीर आरोप...

८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका प्रमुख संचारमाध्यममाथि गम्भीर आरोप लगाएका छन् । उनले अमेरिकी अखबार &ls ...

माओवादी केन्द्रको प्रमुख एजेन्डाः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख
माओवादी केन्द्रको प्रमुख एजेन्डाः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

७ साउन । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने भएको छ । स्थानीय चुनावको समीक्ष ...

चार अर्ब बढीको शेयर कारोबार !
चार अर्ब बढीको शेयर कारोबार !

७ साउन, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको छ । कूल १६५ कम्पनीको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...