यात्रु ठग्ने ट्याक्सी र कारलाई तीन हजार जरिवाना

२०७५ साउन ८ गते १९:३६ मा प्रकाशित


महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई ठगी गर्ने ट्याक्सी तथा निजी कारलाई रु तीन हजार जरिवाना गरेको छ ।

महाशाखाको टोलीले साउन ४ देखि ७ गतेसम्म मिटर ट्याक्सी ठगी र निजी कार तथा जीपले भाडामा मानिस ओसारपसार गर्ने ५७ ट्याक्सी तथा निजी कारलाई कारबाही गरेको हो ।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले मिटर ट्याक्सीले बढी भाडा लिने तथा निजी कार तथा जीपले यात्रु ओसार्ने गरेको जनगुनासो महाशाखामा आएपछि महाशाखाले सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर कारबाही गरेको जानकारी दिनुभयो ।

“साउन ४ गते १७, साउन ६ गते १९ र साउन ७ गते २१ ट्याक्सी, कार तथा जीपलाई कारबाही गरेका छौँ,– उहाँले भन्नुभयो । नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । “सरकारले मिटर ट्याक्सीको रकम बढाउन लाग्नुपर्छ र हरेक चालक मिटरमा जानुपर्छ,”– उहाँले भन्नुभयो ।

अध्यक्ष गौतमले कार र जीपले यात्रु बोक्न नपाउने बताउनुभयो । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजार ६०० ट्याक्सी सञ्चालनमा रहेका छन् ।

You may also Like this

थप समाचार

हिमालयको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प्रतियोगिता’ सम्पन्न, समीक्षालाई उपाधि (भिडियो)
हिमालयको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प्रतियोगिता’ सम्पन्न, समीक्षालाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नारायणथानमा रहेको हिमालय बोर्डिङ्ग हाई स्कुलको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प् ...

अपेनको ‘किड्स ट्यालेन्ट ट्रायल्स’ आइतबार हुँदै
अपेनको ‘किड्स ट्यालेन्ट ट्रायल्स’ आइतबार हुँदै

काठमाडौँ । एशोसिएसन अफ प्रि–स्कुल एजुकेटरर्स नेपाल (अपेन) र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा भदौ ३ गते आइतबार ‘ ...

एनप्याब्सन काठमाडौँले ‘जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ गर्दै
एनप्याब्सन काठमाडौँले ‘जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ गर्दै

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) काठमाडौँले यहि श्रावन २९ गते राष्ट्रिय नाँचघर, जमल ...

एनप्याब्सन जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता हुदै
एनप्याब्सन जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता हुदै

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) काठमाडौँको आयोजनामा एनप्याब्सन जिल्ला स्तरीय अन्तर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...