साराको मन जित्दै रारा ! (फोटोफिचर)

२०७४ बैशाख २९ गते १५:५२ मा प्रकाशित


rara12१५ बैशाख । जति हेरे पनि नअघाइने प्रकृतिको खजाना के होला ? नेपालको हकमा धेरैलाई मुगुको रारा तालले त्यही तिर्सना मेटाउँछ, जुन तिर्सना मेटिएर पनि फेरि उग्र भएर आउँछ ।

rara15पाँच वर्षअघिको मुगु र अहिलेको मुगुमा केही परिवर्तन आएछ । पहिले चरम खाद्यान्न अभाव हुने गाउँहरुमा चामल पुगेछ । खाद्य संस्थानले वितरण गर्ने चामल पहिले हारालुछ हुन्थ्यो भने अहिले नबिकेर गोदाममा थन्केको छ ।

rara14

अर्कोतिर दुःखद अवस्था पनि देखियो । तराईको चामल गाउँ-गाउँमा त पुग्यो, तर स्थानीय उत्पादन कोदो, गहुँ, जौ, सिमी जस्ता पौष्टिक आहार उत्पादनमा भने मुगुवासीको ध्यान कम जान थालेछ । स्थानीय उत्पादनमा ह्रास आउँदा यस क्षेत्रका बालबालिका र महिला कुपोषणको सिकार भइरहेका छन् ।

rara11

मुगुमा गाडी पुगेपछि जुम्ला, सुर्खेत, नेपालगञ्ज र काठमाडौं जान पहिले जस्तो हप्तौं प्लेन कुर्नुपर्ने अवस्था अहिले छैन । बिरामीले उपचारै नपाएर मर्नुपर्ने अवस्था पनि रहेन । पैसा हुनेले चामलको भातदेखि हरेक कुरा खान सक्छन् ।

rara10

 तर, दुर्गम गाउँहरुमा भने अझै पनि चरम गरिबी, अभाव र अशिक्षा कायमै छ । महिलाहरु वर्षौंदेखि आङ खस्ने समस्या लुकाउँदै पीडा सहेर बसेकै छन् । आफ्नो खेतीपातीले मात्र वर्षभरि खान नपुग्ने भएपछि अधिकांश पुरुषहरु भारत वा खाडी मुलुकतिर छन् । छोराको आसमा बर्सेनी बच्चा पाउनुपर्ने अवस्था उस्तै छ । महिनावारी र सुत्केरी हुँदा सरसफाइमा ध्यान नदिँदा धेरै महिला विभिन्न खाले रोगको सिकार भइरहेका छन् ।

rara9

 करिब ३ हजार मिटरको उँचाइमा रहेको ताल । छिनमै नीलो आकास झैं देखिन्छ रारा, छिनमै मोती झैं चम्किन्छ । सफा मौसम भएको दिनमा राराले सात पटक रङ फेर्ने मुगुवासीहरुको कथन छ ।

rara8

केही वर्ष अघिसम्म रारा पुग्ने एउटै माध्यम हवाई मार्ग थियो वा जुम्लाबाट हिँडेर जानुपथ्र्यो । तर, अहिले काठमाडौबाट गाडीमा बुटवल, सुर्खेत, कालिकोट हुँदै चौथो दिनमै रारा पुग्न सकिन्छ ।

rara7

गाडी चल्न थालेपछि रारामा आन्तरिक पर्यटक निकै बढेको भिलेज हेरिटेज रिसोर्टका म्यानेजर दीपक रावत बताउँछन् । बाटो अझै सहज हुने हो भने स्वदेशी पर्यटक धान्नै नसकिने गरी आउने उनले बताए ।

rara6

रारा पुग्ने धोको धेरै नेपालीमा भए पनि त्यहाँ पुग्न सहज अवस्था भने छैन । प्लेनको भर छैन । मोटरबाटो साधारण ग्राभेलसम्म पनि नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ ।

rara5rara4rara3rara2rara1

You may also Like this

थप समाचार

जिराभवानी गाउँपालिकामा एमालेले बाजी मार्यो

७ असोज । पर्साको जिराभवानी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेका उम्मेदवार विजयी भएका हु ...

दुई पूर्व सभासदलाई हराउँदै २८ वर्षे युवक बने पोखरीयाको मेयर
दुई पूर्व सभासदलाई हराउँदै २८ वर्षे युवक बने पोखरीयाको मेयर

७ असोज, पर्सा । पर्साको दोस्रो सदरमुकामको रूपमा चिनिने पोखरीया नगरपालिकाको मेयरमा दुईजना पूर्व सभासदलार्इ पराजित गर्दै जनता द ...

एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिन्छः अध्यक्ष दाहाल
एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिन्छः अध्यक्ष दाहाल

काठमाडौं, असोज ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीको जितलाई अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् । श ...

कांग्रेसको गढमा फोरमले बाजी मार्यो
कांग्रेसको गढमा फोरमले बाजी मार्यो

७ असोज । कांग्रेसको गढ मानिएको पर्साको सखुवा प्रसौनी गाउँपालिकामा फोरम नेपाल विजयी भएको छ । फोरम नेपाल प्रदिप कुमार जयसवाल १० ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...