प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न माग

२०७४ मंसिर २६ गते २१:०३ मा प्रकाशित


pradeep paudel

काठमाडौं । तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ मा पुनः मतदान गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस युवा नेता प्रदीप पौडेल वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मत पराजित भएका थिए ।
मंगलबार बिज्ञप्ति निकालेर त्यस प्रदेशसभाभित्र पर्ने बिभिन्न बुथका पाँचवटा मतपेटिकामा जम्मा खसेको मतको मुचुल्कामा भन्दा मणनाका क्रममा ७० मत बढी देखिएका कारण धाँधली भएको दाबी गरेको छ ।

‘५ मतपेटिकामा २३२८ मत मुचुल्का गरिएकोमा मणना गर्दा २३७० मत पाइएकाले मतगणनाका क्रममा फर्जि मत मिसाइएको तथ्य स्वतः प्रष्ट भएको छ ।’ बिज्ञप्तिमा भनिएको छ, ‘कर्मचारी र निर्वाचन अधिकृतको संरक्षणमा बिधि र प्रक्रिया मिचेर धाँधली गरी ४२ फर्जी मत राखिएकोमा यसलाई नेपाली कांग्रेस अस्वीकार गर्छ ।’

कांग्रेसले म्याग्दे ७ को अमरज्योति आवि ग्यारसिंह, जनजुक्त शाही मावि ‘क’, जनजौकुमारी शाही आवि ‘क’, व्यास ५ को उदय मावि ठूलोटार ‘ख’ र म्याग्दे ४ को मीन निवाविसहित ५ मतदान केन्द्रको पुनः मतदान गर्न माग गरेको छ ।

यस क्षेत्रबाट १६६४६ मतसहित वाम गठबन्धनबाट नेकपा माओवादीकी आशा कोइरालाले जित हासिल गरेकी थिइन् । प्रदीप पौडेल ५ मतले पराजित भएका थिए । उनले १६६४१ मत पाएका थिए ।

You may also Like this

थप समाचार

‘केरुङ–काठमाडौं रेलमार्ग प्रमुख प्राथमिकतामा’
‘केरुङ–काठमाडौं रेलमार्ग प्रमुख प्राथमिकतामा’

काठमाडौं, वैशाख १० । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टा ...

स्थापनाकै दिन फुट्यो राजपा
स्थापनाकै दिन फुट्यो राजपा

काठमाडौँ – स्थापना भएको एक वर्ष पुगेकै दिन राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ। राजपा नेपालका असन्तुष्ट समूहले  श ...

दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै

चितवन, वैशाख ७ – चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।  बिहीबार पा ...

तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने
तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने

इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले हडताल गरे नेपाल आयल निगमले सम्झौता खारेज गर्ने भएको छ। यसपालि हड्ताल गरेर खारेजीमा प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...