मतदाताले तालमेल लत्याए

२०७४ जेष्ठ २ गते १०:४३ मा प्रकाशित


UMAALE-FAINALललितपुर, जेठ २ । ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भयो, जसअनुसार एमालेले उपमेयरमा राप्रपालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको थियो । अर्थात् ललितपुर महानगरमा एमालेका उपमेयर उम्मेदवार नै थिएनन् ।


तर, वडा नं १ को मतगणना गर्दा उपमेयरमा एमालेले सबभन्दा बढी मत पाएको छ । एमालेले यो पदमा १ सय ३३ मत पायो भने राप्रपाका उपमेयर उम्मदेवार बाबुकाजी प्रधानले ८९ मत मात्रै पाए । आफूलाई भन्दा उम्मेदवार नै नभएको सूर्य चिह्नमा बढी मत आएको देखेपछि प्रधानले असन्तुष्टि प्रकट गरेका छन् ।

‘सहमति गरेर अन्तिममा धोका दिए,’ उनले भने, ‘यसमा गम्भीर आपत्ति छ ।’

उक्त वडामा कांग्रेसका निर्मल तण्डुकार ६ सय ९२ मत ल्याएर विजयी भएका छन् । तण्डुकारले प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रमेश महर्जनलाई १६२ मतअन्तरले हराए ।

माओवादी केन्द्रका उम्मेदवार अर्जुन तण्डुकारले २८१ मत ल्याए । यो वडामा दलित महिला सदस्यमा नयाँ शक्तिकी विनाकुमारी पोडे निर्विरोध भइसकेकी छन् ।

महानगरको प्रारम्भिक मतगणनामा मेयरमा एमालेले अग्रता लिएको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ । –कान्तिपुर दैनिकबाट

You may also Like this

थप समाचार

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच
लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच

काठमाडौँ । बासबारी भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले शुक्रबार आफ्ना अध्यनरत विद्यार्थीहरुको निःशुल्क स्वास् ...

गोप्य मतदानको बाधक प्रहरी नै !
गोप्य मतदानको बाधक प्रहरी नै !

गोप्य मतदानबाट जनप्रतिनिधि चुनिने संवैधानिक र कानुनी व्यवस्था छ। मतदाता पनि आफैंले मतदान गरेको मतपत्र सार्वजनिक गरे सजायको भा ...

अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली
अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली

३० कात्तिक, काठमाडौं । अस्ट्रेलियामा विदेशी मुलका मानिसमध्ये बेरोजगारी दर कम हुने आप्रवासीमा नेपालीभाषी रोजगारी सूचीको अग्रस् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...