प्रधानन्यायाधीश कार्कीमाथि सरकारबाट अन्यायः मानवअधिकार उच्चायुक्तको कार्यालय

२०७४ बैशाख २२ गते १४:५६ मा प्रकाशित


united-nations-human-rights्काठमाडौं, वैशाख २२ – राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएकोमा विरोध जनाएको छ ।

मानवअधिकार उच्चायुक्त जेइद राअद अल हुसैनले शुक्रबार विज्ञप्ति निकालेर प्रधानन्यायाधीश कार्की विरुद्धको महाअभियोग प्रस्ताव स्वतन्त्र न्यायालयमाथि सरकारको हस्तक्षेप भएको बताउनुभएको छ ।

साथै जेइदले न्यायालयको स्वतन्त्रताको सम्मान गरी राजनीतिक पूर्वाग्रहका साथ ल्याइएको महाअभियोग प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको छ । प्रधानन्याधिश कार्कीले पदमा रहँदा चर्चित व्यक्ति तथा राजनीतिक रुपमा संवेदनशील मुद्दा समेत अघि बढाउने तयारी गरेको तथा अहिलेसम्मका फैसलाहरु समेत निष्पक्ष ढंगमा गरिरहँदा महाअभियोग प्रस्ताव ल्याउनुले सरकार कानुनी शासनप्रति उदासिन रहेको पुष्टि भएको जेइदको भनाई छ ।

पछिल्लो समय कार्कीबाट भएका फैसलाहरुले मानवअधिकार उल्लंघनका घटनाका दोषिहरुलाई समेत कारवाहीको दायरामा ल्याएको र त्यसले देशमा मानवअधिकारको अवस्थामा सुधार ल्याउने प्रयास भइरहँदा प्रधानन्यायाधीश कार्कीमाथि सरकारबाट अन्याय भएको जेइदले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

You may also Like this

थप समाचार

रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?
रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?

रक्सी पिएपछि कहिल्यै अंग्रेजी नबोलेका मानिसले पनि फरर यो भाषा बोल्न थाल्छन् । अरू बेला फिटिक्कै नबोल्नेले एक्कासी अंग्रेजी ब ...

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...