सुशील कोइरालाः मृत्युले झुक्यायो, अस्पताल नै जान पाएनन् (जीवनीसहित)

२०७२ माघ २६ गते ०१:२३ मा प्रकाशित


काठमाडौं - २०१० सालदेखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा कांग्रेस केन्द्रीय सदस्य भएका थिए । ०४२ सालको सत्याग्रहदेखि ०४६ र ०६२/६३ को आन्दोलनमा कोइरालाले सक्रिय सहभागिता जनाएका थिए ।

पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका सुशील पार्टी केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यवाहक सभापति हुँदै पार्टीको सर्वोच्च पद सभापति भएका थिए ।

मुलुकको लोकतान्त्रिक आन्दोलनमा अहोरात्र नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । संविधानसभाको दोस्रो निर्वाचनपछि ठूलो राजनीतिक दलको नेताको हैसियतले उनी २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बनेका थिए।

सन् १९३८ फेब्रुअरी ३ तारिखमा पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म विराटनगरमा भएको हो । उनका ६ भाइ र एक बहिनी थिए । अविवाहित सुशील वन अधिकृत बाबुसँगै नेपालगन्ज पुगे । त्यसपछि कोइरालाको स्थायी बसोबास उतै भयो ।
सादा जीवन उच्च विचारका धनी प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा ७४ वर्षीय कोइरालाले विवाह गरेनन् । राष्ट्रियता, प्रजातन्त्र, समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न नेता कोइरालाले जीवनकालमा सहमति, सहकार्य र मेलमिलापबाट नै समस्याको समाधान खोजिनुपर्छ भन्ने मान्यतालाई व्यावहारिकरुपमा प्रयोग गर्दै आएका थिए ।
बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उनी २००७ सालको जहानियाँ राणा शासनको अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी भएका थिए ।
जहानियाँ राणा शासनको विरुद्धमा आन्दोलनको सिङ्गो अगुवाइ गरेका नेपाली कांग्रेसका संस्थापक नेता तारिणीप्रसाद कोइरालाको जीवनलाई उनले नजिकबाट हेरेका थिए । यसपछि विसं २०१२ मा उनी कांग्रेसका सदस्यता लिई पार्टीको काममा होमिए । जननायक विश्वेश्वरप्रसाद कोइरालाको हातबाट उनले पार्टी सदस्यता लिएका थिए ।
विसं २०१७ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वप्रसाद कोइरालाको नेतृत्वको सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेपछि उनी भारत निर्वासनका गए ।
राजनीतिकर्मीको सबैभन्दा ठूलो गुण र शक्ति इमान्दारिता नै हो भन्ने कोइराला प्रवासबाटै राजा महेन्द्रले लागू गरेको पञ्चायत व्यवस्थाको विरुद्धको आन्दोलनमा निरन्तर लागे । पार्टीले तत्कालीनरुपमा घोषणा गरेको सशस्त्र आन्दोलनमा उनले नेकाका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको साथमा रहेर काम गरे ।
विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा उनी निर्वासनबाटै पक्राउ परे । पक्राउपछि उनलाई दिल्ली जेलमा राखिएको थियो । अत्यन्त क्रुर र अमानवीय रुपमा उनलाई जेलमा राखिएको हुँदा उनले जीवनको सबैभन्दा ठूलो दुःख त्यस समयमा भोग्नुपरेको थियो ।
छ वर्ष जेल जीवनपछि कोइराला रिहाइ भए । रिहाइपछि जनमत सङ्ग्रहका समयमा उनी बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश फर्किए । त्यसपछि उनी सभापति विश्वेश्वरप्रसाद कोइराला, नेता गिरिजाप्रसाद कोइरालाका साथमा बहुदलको प्रचारमा देश दौडाहामा लागे ।
जननायक बिपी कोइरालाको निधनपछि पार्टी कामका लागि उनी युरोपियन मुलुकमा खटिए ।
यस क्रममा उनी सोसलिष्ट इन्टनेसनलको उपाध्यक्ष समेत बने । त्यसपछि कोइराला स्वदेश फर्किएर पञ्चायत व्यवस्थाका विरुद्धको आन्दोलनमा होमिए ।

विस २०४६ को प्रथम जन आन्दोलनमा पनि उनको योगदान अतुलनीय थियो । त्यसपछि विसं २०४८ को संसदीय निर्वाचनमा उनी बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भएका थिए ।

विसं २०५६ मा सम्पन्न सम्पन्न संसदीय निर्वाचनमा उनी पुनः सोही क्षेत्रबाट सांसदमा निर्वाचित भए भने विसं २०६२ ६३ को जनआन्दोलनमा उनले अहम् भूमिका निर्वाह गरेका थिए ।
तर, विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा कोइराला बाँकेबाट पराजित भए । यद्यपी विसं २०७० मंसिर ४ मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा उनी बाँके र चितवनबाट निर्वाचित भए
।त्यसपछि पार्टीको संसदीय निर्वाचनमा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै संसदीय दलको नेता पनि बने । पछि प्रधानमन्त्री निर्वाचित भए । तर गत कात्तिक २४ गते पुन प्रधानमन्त्री बन्न तम्सिएका उनी केपी ओलीसँग पराजित भएका थिए ।

पार्टी यात्रा
विसं २०१२ मा नेकाको पार्टी सदस्य लिएका नेता कोइराला २०३५ सालमा पार्टीको केन्द्रीय सदस्यका बनेका थिए । पाटी भित्र सन्त, भद्र र निष्ठावान् नेताका रुपमा परिचित नेता कोइराला पार्टी सङ्गठनभित्र कुशल सङ्गठक पनि थिए।

सारभूत कुरा मात्र बोल्ने र बोलेका कुरा व्यवहारमा लागू समेत गर्ने नेताका रुपमा उनी परिचित थिए । त्यसपछि कोइराला पार्टीको महामन्त्रीका रुपमा काम गरे । उपसभापति र कार्यवाहक सभापति हुँदै पार्टीको २०६८ सालमा भएको १२ औं महाधिवेशनबाट उनी पार्टीको सभापतिमा निर्वाचित भएका थिए ।
यसो त कोइरालाले कुशल पत्रकारको रुपमा काम गरे । पार्टीको मुखपत्र तरुण पत्रिकाको सम्पादक समेत भएका थिए उनी ।

दोस्रो कार्यकालको लागि सभापतिको आकांक्षी
१२ महाधिवेशनबाट सभापति चुनिएका उनी १३ औं महाधिवेशनबाट पनि सभापतिमा उम्मेद्वारी दिनमा उनले संकेत गर्दै आएका थिए ।
त्यसैका लागि उनले दौडधूपलाई बढाइरहेका थिए ।

 मृत्युले झुक्यायो
तत्काल बिरामी परेको पनि नसुनिएका र महाधिवेशनको जोड घटाउमा सक्रिय रहेकै बेला पूर्वप्रधानमन्त्री सुशील को
इरालाको मृत्यु भयो भन्ने सुन्दा धेरैलाई अचम्म लाग्यो । तर, त्योभन्दा अचम्म के भयो भने उनलाई अस्पताल पनि लगिएन र निवासमै प्राणान्त भयो । अस्पतालसमेत लैजान नदिई कालले सुशील कोइरालालाई झुक्यायो ।


पूर्वप्रधानमन्त्री कोइरालालाई तीन दिनअघि देखि सामान्य ज्वरो आएको थियो । मौसममा आएको परिवर्तनतसँगै अधिकांश मानिसमा रुघामर्कीले सताइरहेका बेला कोइरालालाई पनि सामान्य रुखा लागेको हुनसक्ने अनुमानका आधारमा अस्पताल लगिएको थिएन । उनी महाराजगञ्जस्थित निवासमै रहेका बेला सोमबार मध्य राति १२ः५० बजे उनको निधन भयो ।

 

You may also Like this

थप समाचार

परोहा नगरमा नेपाली कांग्रेसले बाजी मार्यो
परोहा नगरमा नेपाली कांग्रेसले बाजी मार्यो

५ असोेज, काठमाडौं । जिल्लाको परोहा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवा ...

माओवादी केन्द्रले खातामा १ सिट थप्यो
माओवादी केन्द्रले खातामा १ सिट थप्यो

५ असोज, पर्सा । पर्साको ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पिएल श्रेष्ठ र उपाध्यक्षमा सोही दलका शान्तिकुमारी थिङ व ...

मन्त्रीकी पत्नी बनिन् मेयर
मन्त्रीकी पत्नी बनिन् मेयर

५ असोज, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रिनाकुमारी साह विजयी भएकी छन् । उनी माओवादी नेता एवम् ...

औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी
औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी

५ असोज, काठमाडौं । सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । उपाध्यक्षमा भने संघीय समाजवादी फो ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...