देशमा न्याय नपाउदा पीडितले अन्तराष्ट्रिय अदालत जान पाउछन्ः अध्यक्ष एम्नेष्टी इनटरनेशनल

२०७३ भदौ ९ गते ०७:१४ मा प्रकाशित


काठमाडौँ ।  नेपालमा मानवअधिकारको अवस्था र एम्नेष्टीको भूमिकाको विषयमा केटीएम खबरका लागि शिवशक्ति आचार्यले एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष सुर्य बहादुुर अधिकारीसंग विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

surya-bahadur-adhikari

नेपालको मानवअधिकारको पछिल्लो अवस्था कस्तो छ ?

नेपालमा भुकम्प र अघोषित नाकाबन्दी भयो । त्यसपछी नेपाली जनजीवनमा एक खालको अप्ठ्यारो आयो । त्यो अप्ठ्यारोपन अन्त्य हुन नपाउदै सरकार परिवर्तनका श्रृंखलाहरु सुरु भएका छन् । त्यसले नेपाली जनताले अपेक्षा गरेको मानवअधिकार मैत्री समाजको विकास, आर्थिक समृद्धी र बेसिक निड्सका कुराहरु पुरा गर्ने जुन किसिमको अवस्था थियो । त्यो अवस्था खस्किरहेको छ, पुरा नभइरहेको अवस्था छ । आम मानिसले सहज रुपमा जिविकोपार्जन गर्नुपर्ने जुन अधिकार छ । जुन एउटा सामान्य गास, बास, कपासका कुराहरु छन् यहि विषयमा गम्भिर अवस्था नेपालले व्यहोरी रहेको छ । यहाँका नागरिकहरुले व्योहारी रहेका छन् । त्यस्तो अवस्थामा चाहिँ मानवअधिकारको अवस्था कस्तो छ भन्ने ?, सरकारी संयन्क्रबाट मानवअधिकारको अवस्था राम्रो छ भन्नका भनिरहनका निम्ति जस्तै द्धन्द्धका समयमा गम्भिर मानवअधिकार उल्लंघन भएका घटणाका दोषी प्रती कारवाही कती भए ? त्यो कुराको महत्वपुर्ण पाटो आउछ । अर्को कुरा सर्वोच्च अदालतले दोषी ठहर्याएका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याएको छ कि छैन, सरकारले ? भन्ने कुरा रहन्छ र द्धन्द्धका समयमा भएका घटनाहरुबाट भएका द्धन्द्ध पिडीतहरु नागरिकहरुको अवस्थाको बारेमा सरकारले जुन रुपमा गम्भिर लिनु पर्ने थियो, त्यो अवस्था अहिले नभइरहदा अव नेपालमा मानवअधिकारको अवस्था, द्धन्द्धहिनताको अवस्था कायम नै छ र मानवअधिकारको अवस्था सुदिृढ हुन सकेको छैन ।

amnesty-internation-chairaman-surya-bahadur-adhikari

जसरी नेपालको आन्तरिक मामलामा दलहरुले सत्य निरोपन तथा मेलमिलाव आयोगबाट मिलाउने भनेर अगाडी बढी रहदाँ यहाँहरुलाई एउटा आरोप छ, एम्नेष्टी चाहिँ केसलाई मिलाउने भन्दा पनि बजाउने दिशा तिर अगाडी बढीरहेको छ भन्ने यहाँहरुलाई राजनितीक दलहरुले आरोप लगाइरहेका छन् ?

हैन यो कुरामा राजनैतीक दलले के कुरो बुझ्नु भएन भने नेपालको अन्तरिम सम्बिधान अथवा अन्तराष्ट्रिय कानुनले कुनै पनि दोषीलाई उन्मुक्ति दिने कानुन यसमा हाम्रो असहमती हो । र यो अन्तराष्ट्रिय जगतको असहमती हो । अन्तराष्ट्रिय मानवअधिकार कानुनले जे कुरा निर्दिष्ट गरेको छ त्यसको विरुद्धमा छ भन्नु हो । जस्तै एउटा कुरो के छ भने अहिले पनि नयाँ सरकार बनेको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको विचमा सात बुदे सहमती भएको छ । त्यो सात बुदे सहमतीमा पनि दुइ बुदामा हाम्रो आपत्ती छ । त्यो के हो भने सरकारमा जानका लागि वितेको बर्षहरुमा द्धन्द्धका समयमा जुन किसिमको गम्भिर अपराधहरु भएका छन्, जुन गम्भिर मानवअधिकार उलंगनका घटना भएका छन्् । ती दोषीहरुलाई आम माफी दिने जुन कुराहरु गरिएको छ । त्यसमा आपत्ती हो ।

एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष सुर्य बहादुुर अधिकारीसंगको थप कुराकानी हेर्न तल क्लिक गर्नुहोस्:-

You may also Like this

थप समाचार

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न
पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान ७ बजेदेखी १० बजेस ...

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...