नेपालमा नयाँ पठनपाठन सुरु

२०७३ चैत्र १७ गते १६:०६ मा प्रकाशित


काठमाडौँ, १७ चैत । पाटन कलेज फर प्रोफेसनल स्टडिजले स्नातक तहमा कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इञ्जिनियरिङ र विजनेस एड्मिनिस्ट्रेसन विषयको अध्यापन सुरु गरेको छ । बेलायतको प्रसिद्ध विश्वविद्यालय युनिभर्सिटी अफ बेडफोर्डसायरबाट सम्बन्धन लिएर उक्त कलेजले यसै शैक्षिकसत्रबाट ती विषयका पठनपाठन सुरु गरेको हो । एक सय ३० वर्ष पुरानो सो विश्वविद्यालय विश्वको उत्कृष्ट आठ सय विश्वविद्यालयअन्तर्गत पर्छ ।

कलेजले ती विषयका पठनपाठन बारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा तीनवर्षे अध्ययन अवधि रहेको ती विषयमा विद्यार्थीको अध्ययन अवधि ३६० क्रेडिट आवर रहेको र सो कार्यक्रम पूरा गर्नका लागि रु १० लाख शुल्क लाग्नेछ । सूचना प्रविधिमा आधारित रही पठनपाठन हुने ती विषयका विद्यार्थीले चाहेको खण्डमा पहिलो वर्ष नेपालमा र बाँकी दुई वर्ष बेलायमै गई अध्ययनसमेत गर्न सकिने व्यवस्था भएको कलेजका अध्यक्ष पङ्कज जालानले जानकारी दिनुभयो ।

उहाँले कजेलमा अध्ययन पूरा गरिसकेपछि विद्यार्थीका लागि रोजगारीका अवसर वा आफँै व्यवसाय गर्न विशेष परामर्शको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । बेलायतको युनिभर्सिटी अफ बेडफोर्डसायबाट अध्ययन गरेका ९२ प्रतिशत विद्यार्थीले छ महिनामै रोजगारी सुरु गर्र्नेे गर्छन् ।

कलेजका प्राज्ञिक निर्देशक डा राजिव क्षेत्रीले विश्वविद्यालयको सो कार्यक्रम सञ्चालन गर्ने आफ्नो कलेज पहिलो भएको जानकारी दिँदै सो कार्यक्रम चीन, युरोप, दक्षिणपूर्र्वी एसियाका देशमा सञ्चालनमा रहेको छ भन्नुभयो । कलेजका व्यवस्थापक योगेश क्षेत्रीले कलेजमा प्राज्ञिकबाहेक विद्यार्थीका व्यक्तित्व विकास गर्न लर्निङ जोन, प्रोजेक्ट रुमलगायतको व्यवस्था गरिएको र बेलायत अध्ययन गरी फर्किएका अनुभवी व्यक्तिले अध्ययन गराउने जानकारी दिनुभयो । रासस

 

You may also Like this

थप समाचार

काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार
काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यको जित सुनिश्चित भएको छ । जारी म ...

काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा
काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा खसेको मत कति हो भन्ने विषयमा निर्वाचन कार्यालय नै अन्यौलमा परेको छ । यसअघि संचारकर ...

पहिरोमा परी १३ जनाको ज्यान गयो
पहिरोमा परी १३ जनाको ज्यान गयो

कोलम्बो, जेठ १२ । श्रीलंकाको दक्षिणी क्षेत्रमा शुक्रबार (आज) गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अन्य कैयौ व ...

बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी
बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी

पोखरा, जेठ १२ । पोखरा– लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...