सुपथ मूल्य पसल सञ्चालनमा

२०७४ भदौ १८ गते १६:३१ मा प्रकाशित


supath-mulyaचितवन, भदौ १८ । दशैंलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनको चितवन शाखाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

नारायणगढस्थित आफ्नै कार्यालयमा पसल खोलिएको सो पसल आगामी कात्तिक ९ गतेसम्म सञ्चालन हुने शाखा प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए । यसपाली बजारमूल्यभन्दा अलि सस्तो भएकाले सुपथ मूल्य पसलमा चिनी र नून धेरै विक्री हुने अनुमान रहेको उनले बताए ।

उक्त पसलमा चिनी ७७ दशमलव ५० रुपैयाँ छ भने नून १८ रुपैयाँ प्रतिकिलो छ । बाहिर बजारमा भने चिनी ८५ रुपैयाँ र नून २० रुपैयाँमा विक्री हुने गरेको छ ।

विगत वर्षमा सामान्य मात्रै फरक भए पनि यसपाली मूल्यमा निकै फरक रहेको भन्दै उनले सुपथ पसलमा ग्राहको संख्या बढ्ने आशा व्यक्त गरे। साल्ट ट्रेडिङमा स्टक सामान पर्याप्त रहेकाले चाडबाडका कुनै पनि ग्राहक फर्किनु नपर्ने जनाइएको छ । सरकारले दिएको निर्देशनअनुसार पसल सुरू गरिएको भन्दै यसले सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ ।

गत वर्ष सुपथ पसलबाट ५६ लाख रुपैयाँको विक्री भएको थियो । यो वर्ष करीब एक करोड रुपैयाँ बराबरको सामान विक्री हुने अनुमान छ । विगतका वर्षमा घुम्ती पसल सञ्चालन गरिएकाले गाउँगाउँका सर्वसाधारणलाई समेत राहत मिलेकामा यसपटक भने उक्त कार्यक्रम नहुँदा ग्रामीण भेगका सर्वसाधारण बजारको महँगो मूल्यमा सामान किन्ने अवस्था छ ।

मुग्लिन सडक खुकुलो पार्ने तयारी

चाडपर्व नजिकिएकाले चितवनको नारायणगढ–मुग्लिन सडकका खाल्डाखुल्डी पुरेर यातायात सञ्चालनमा खुकुलो पार्ने तयारी गरिएको छ ।

दशैंका यात्रुलाई असर नपरोस् भनेर यातायात सञ्चालन खुकुलो पारी यातायात व्यवस्थापन चुस्त पार्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

दशैंमा राजधानी भित्रिनेभन्दा राजधानीबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने भएकाले सोहीअनुसारको यातायात व्यवस्थापन गर्न लागिएको उनले बताए ।

मुख्यगरी अहिले रातिमा चितवनबाट जाने सवारीलाई ६ः०० बजे र मुग्लिनबाट आउने सवारीलाई ७ः०० बजेबाट रोक्ने गरिएकामा गाडी सञ्चालनको समय थपेर आउने गाडीलाई राति ९ः०० देखि १०ः०० बजेसम्म चल्न दिने तथा चितवनबाट जाने गाडीलाई एक घण्टा बढी चल्न दिने तयारी गरिएको छ ।

‘प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्न बाँकी नै छ, तर यसरी सहज बनाउनुपर्ने सोच बनाएको छु’– पन्तले भने, ‘दशैंका यात्रुलाई ध्यान दिएर यातायात चुस्त पारिन्छ ।’ नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादव दशैंका यात्रुका लागि सडकमा खाल्डाखुल्डी पुरेर पानी हाल्ने तथा कुनै अवरोध भएमा तत्कालै समस्या समाधान गरिने उनले बताए ।

एक महिनाअघि साउन १८ गते आजैका दिन प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सडक अनुगमन गरी दशैंसम्ममा यातायात सहज पार्न निर्देशनसमेत दिएका थिए ।

उक्त सडकको ठेक्का समय गुज्रिएर पाँच महिना पुग्दासमेत जम्मा ५४ प्रतिशत मात्रै काम भएको छ । नारायणगढ–मुग्लिक सडकको ३४ किमी क्षेत्रमा तीन वटा ब्लक बनाएर छ वटा ठेकेदारले काम गरिरहेका छन् । निर्माण सम्पन्न हुँदा सडक नौदेखि ११ मिटरको चौडा हुन्छ तर अहिले निर्माणकै क्रममा भित्तो खनेका क्षेत्रमा ठूलाठूला पहिरो जानेक्रम नरोकिँदा यात्रु प्रभावित हुँदै आएका छन् ।

विगतमा दुई वटा ठूला पहिराका कारण तीन प्रहरीसहित पाँच जनाको मृत्यु भइसकेको छ भने एक प्रहरी अझै बेपत्ता छन् । रासस

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...