एस आर नर्सरी मेरो मेहनतको फल होः सुनील स्यांतान

२०७३ असोज ९ गते ०८:४५ मा प्रकाशित


काठमाडौँको धुम्वारही स्थित एस आर नर्सरीका सञ्चालक तथा पुष्प व्यावसायीको एक मात्र छाता संगठन फ्लोरी कल्चर एसोसियन फ्यान का केन्द्रिय सदस्य सुनिल स्यांतानसंग उहाँको अनौपचारीक जीवनका पाटा तथा समग्र पुष्प व्यावसायको अवस्थाको बारेमा केटीयम खबर डट कमका श्याम कार्कीले विशेष भिडियो सम्वाद गरेका छन् । प्रस्तुत छ सो कुराकानीको सम्पादित अंशः

sunil lama sr nussary

यहालाई केटीएम खबरको विशेष सम्वादमा स्वागत छ ।

धन्यबाद

केमा व्यस्त हुनुहुन्छ यो समयमा ?

अहिले दौड धुुप भनेको दशै तिहार आउदै छ । यसका लागि चाहिने फुलहरुको व्यवस्थापनमा व्यस्त छु । अव यो दशै तिहार भन्ने वित्तिकै सयपत्री त आइनै हाल्छ । यो संगै गोदावरी फुलको पनि माग छ र यसका लागि अहिले उत्पादनमा नै लागिरहेको छु ।
विशेष गरी यि फुलहरु भनेको दशैको तुलनामा तिहारमा बढी खपत हुन्छ र यसका लागि नै लागि रहेको छु भन्नु पर्यो ।

अव अलिकती पछाडी फर्केर हेरौ, कसरी यो व्याबसायमा लाग्नु भयो नी ?

पहिला त म एक होटलमा काम गर्थे यही क्रममा अव अरु केही गर्नु पर्यो भने जस्तो लाग्यो र हुन त म किसानको छोरा भएर पनि होला मलाई फुल एक दमै मन पर्छ । यही क्रममा मैले नर्सरी सुरु गरे ।
मलाई यहाँ ल्याउनका लागि मेरो आफ्नै दाईले सहयोग गर्नुभयो । उहाँको साथीको विशालनगर चोकमा नै एउटा नर्सरी रहेछ । त्यहा लगेर भेटाइ दिनु भयो । यसै क्रममा सिक्नका लागि त्यही काम गर्न थाले । धेरै कुराहरु थाहाँ भयो र त्यस पछी मैले नर्सरी सुरु गरेको हुँ ।

नर्सरी सुरु गरिरहदा कत्तीको गाह्रो भएको थियो ?

मेरो घर नुवाकोट, ओखरपौवामा हो । एक किसानको छोरा हुँ म । जीन्दगीमा धेरै दुख गरेको छु । यसैगरी यो नर्सरी खोल्दा सुरुमा धेरै नै दुख भयो । मलाई दिन पनि कण्ठ छ, २०६२ साल फागुन १३ गतेबाट नर्सको काम सुरु गरेको हु । सुरुमा यहाँ मकैखारी, सिसै सिसा थियो । धेरै नै दुख पछी यत्तीको ठाउँ भयो र एस आर नर्सरीको नामबाट सुरु गरे ।
त्यती बेला म संग पैसा भनेको ९३ हजार मात्र थियो । यो पैसाले विदेश जाने सोच बनाएको थिए तर यो कामले मलाई तान्यो र आफ्ना आफन्तहरुसंग ऋण खोजेर पछी दुई लाख तीस हजार भयो । त्यस मध्य एक लाख दश हजार जग्गाको भाडा तिरे । बाकि रह्यो एक लाख बिस हजार र त्यो पैसाले यहाँको ठाउँहरु बनाए र गमलाहरु राखे ।
अहिले हेर्दा त कस्तो ठाउ कस्तो भयो जस्तो लाग्छ । पुरै जंगल थियो, कोही पनि यहाँ आउन डराउथे । त्यस्तो ठाउलाई अहिले यस्तो बनाए । यसले गर्दा पनि अहिले एक दमै खुशि लाग्छ ।

sunil lama with shyam karki

दुइ लाख तिस हजारबाट सुरु गर्नु भएको लगानी, अहिले अनुमान गर्दा कती बराबरको लगानी भए जस्तो लाग्छ ?

दुइ ओटा नर्सरीको लगानी हेर्ने हो भने त पचास लाख भन्दा माथी होला तर यसको ब्राण्ड भ्यालु भनेको डेढ करोड जतीको छ ।

यो ठाउसम्म आउनमा कुन कुराको श्रेय लाग्छ यहाँलाई ?

पहिले नै देखि म चित्रहरु कोर्थे धेरै प्रतियोगीतामा पहिलो नी भए । यो कुराले मलाई धेरै ने सहयोग भयो । नर्सरीको बाहिरी कामहरुमा म आफैले डिजाइन गर्न थाले । जस्तै फाउन्टेन बनाउने, घर अुनसार आकर्षित गार्डेन बनाउन थाले । यसरी गर्दै गर्दा धेरै नै सहज हुन थाल्यो । धेरै नै मेहन गरे अहिले आएर त्यही मेहनका कारण हुनसक्छ धेरै नै व्यस्त छु आउट डोर काममा । म त भन्छु मेहन गर्ने हो भने पैसा भनेको केही होइन आफै आउछ ।
अवको मेरो भावी प्लान भनेको काठमाडौँ बाहिर पनि एउटा नर्सरी खोलौ भन्ने हो । आशा छ त्यो काम पनि पुरा हुन्छ होला ।


सुनील स्यांतानसंगको थप भिडियो कुराकानी हेर्नका तल क्लिक गर्नुहोस् :-

You may also Like this

थप समाचार

छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्
छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्

३ मंसिर, काठमाडौं । छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए । हेलिकोप्टरमा काठम ...

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच
लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच

काठमाडौँ । बासबारी भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले शुक्रबार आफ्ना अध्यनरत विद्यार्थीहरुको निःशुल्क स्वास् ...

गोप्य मतदानको बाधक प्रहरी नै !
गोप्य मतदानको बाधक प्रहरी नै !

गोप्य मतदानबाट जनप्रतिनिधि चुनिने संवैधानिक र कानुनी व्यवस्था छ। मतदाता पनि आफैंले मतदान गरेको मतपत्र सार्वजनिक गरे सजायको भा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...