सुनचाँदीको मूल्य आजपनि बढ्यो

२०७४ साउन ६ गते १२:४९ मा प्रकाशित


sunchaadiकाठमाडौं, साउन ६ । सुनचाँदीको भाउ शुक्रबार बढेको छ । सुनको भाउ तोलामा ३ सय तथा चाँदीको भाउ ५ रुपैयाँ बढेको हो । सुनको भाउ शुक्रबार तोलाको ५४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बिहीबार तोलाको ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

हप्ताको सुरुदेखि नै उकालो लागेको सुनको भाउ समग्रमा यो हप्ता तोलामा ५ सय रुपैयाँ बढेको छ । पहिलो दिन आइतबार तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार स्थिर रह्यो । मंगलबार तोलामा २ सय रुपैयाँ बढेर ५३ हजार ७ सय रुपैयाँ पुगेको भाउ बुधबार एक सय रुपैयाँ बढेर ५३ हजार ८ सयमा कारोबार भयो । बिहीबार एक सय रुपैयाँ घटेर ५३ हजार ७ सयमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेको हो ।

आइतबार तोलाको ७ सय १५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ यो हप्ता समग्रमा तोलामा १५ रुपैयाँ बढेर ७ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको हो ।

You may also Like this

थप समाचार

इतिहासकै चिसो ओलम्पिक आजबाट सुरू हुँदै
 इतिहासकै चिसो ओलम्पिक आजबाट सुरू हुँदै

काठमाडौं माघ २६ । २३ औं विन्टर ओलम्पिक दक्षिण कोरियाको प्योङच्याङमा शुक्रबारबाट सुरु हुँदैछ । प्योङचाङमा उदघाटन समारोहको भव् ...

समाचारप्रति कुनै गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह
समाचारप्रति कुनै गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह

काठमाडौँ – प्रेस काउन्सिल नेपालले आम सञ्चारमाध्यमबाट प्रकाशित समाचरका विषयमा गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह गर ...

रियललाई क्लब विश्व कपको उपाधि
रियललाई क्लब विश्व कपको उपाधि

क्रिस्टियानो रोनाल्डोले एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले लगातार दोस्रो पटक क्लब विश्व कपको उपाधि जितेको छ । ग्रिमिओलाई ...

​हुस्सुका कारण तराईको जनजीवन प्रभावित
​हुस्सुका कारण तराईको जनजीवन प्रभावित

हुस्सुका कारण तराईका जिल्लाहरुको जनजीवन आइतबार पनि प्रभावित भएको छ । शनिबारदेखि तराईमा बाक्लो हुस्सु लागेको छ । तर हुस्सु लाग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine