८८ केजी सुन तस्करीका मुख्य अभियुक्त छुटे, चालक जेल चलान

२०७४ कार्त्तिक २६ गते १०:११ मा प्रकाशित


sun-taskar

काठमाडौं जिल्ला अदालतले ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको छ। गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई अदालतले मुख्य दोषी ठहर गरेको छ। जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले शुक्रबार थुनछेक आदेश दिएको हो। तीनजना चालकले एक हजार रुपैयाँ लिएर सीमामा गाडी वारपार गराउने गर्थे। यो लखर नवराज मैनालीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

अदालतले मुख्य अभियुक्त तामाङसहित बांगेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्य, रबिश्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल, रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेश दत्त बडूलाई धरौटीमा छाड्ने आदेश दिएको हो। प्रहरी अनुसन्धान प्रतिवेदनको ठीकविपरीत अदालतबाट आदेश आएको छ। प्रहरीले घटनामा संलग्न भनिएका चालकहरू निर्दोष देखिएको जनाएको थियो। ४६ करोड बिगोदाबी भएको मुद्दामा दुईजनालाई चार–चार लाख तथा अन्य दुईजनालाई दुई/दुई लाख रुपैयाँ मात्र धरौटी मागिएको छ।

उनीहरूसहित दिनखर सालुखे र नन्दकुमार मर्गलेलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद शर्माले बताए। प्रहरी अनुसन्धानमा सुन तस्करीमा अग्रवाल र शाक्यको मुख्य भूमिका देखिएको थियो। तर, उनीहरू सामान्य धरौटीमै छुटेका छन्।

अदालतले सामान्य तारेखमा छाड्ने आदेश दिएका तामाङ सुन तस्करी मुद्दामै हत्यामा समेत संलग्न व्यक्ति हुन्। १४ असोजमा स्वयम्भूमा तस्करीको ६ किलो सुन लुकाएको आरोपमा रसुवाका गगन तामाङको हत्या भएको थियो। हत्यामा संलग्नमध्ये एक लाम्पा ग्लाजेन तामाङ ८८ किलो सुन तस्करीमा समेत संलग्न रहेको खुलेपछि महानगरीय प्रहरी परिसरले उनलाई पनि प्रतिवादी बनाएको थियो।

प्रहरी अनुसन्धान एउटा, अदालतको आदेश अर्को

प्रहरीले चालकहरू निर्दोष देखिएको भन्दै १५ कात्तिकमा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर, सरकारी वकिल कार्यालयले उनीहरूलाई छाड्न नमिल्ने भन्दै चालकसहित ११ जनाविरुद्ध गत १९ कात्तिकमा जिल्ला अदालतमा संगठित अपराध मुद्दा दर्ता गरेको थियो। प्रहरी अनुसन्धानमा निर्दाेष देखिएका तीनैजना चालकलाई अदालतले भने जेल चलानको आदेश दिएको छ। अभियुक्तविरुद्ध ४६ करोड ७० लाख १६ हजार रुपैयाँ बिगो दाबी गरी संगठित अपराध मुद्दा चलाउन सिफारिस गरिएको थियो। बरामद भएको ८८ किलो सुनको मूल्यलाई बिगो बनाइएको हो। ११ अभियुक्तविरुद्ध संगठित अपराध ऐनअनुसार पाँच वर्ष कैद सजाय माग गरिएको थियो। तर, प्रहरी अनुसन्धानको निष्कर्षविपरीत अदालतबाट आदेश भएको छ।

मुख्य तस्कर फरार

तस्करीमा संलग्न मुख्य चार तस्कर फरार छन्। चिनियाँ नागरिक पेन बेइमिङ र उनकी श्रीमती याङ तथा अर्का चिनियाँ नागरिक झोङ होङ ल्याङ मुख्य तस्कर भएको प्रहरीले जनाएको छ। त्यस्तै, उनीहरूलाई सहयोग गर्ने रसुवाका हिस्से स्याङबा पनि फरार छन्। उनीहरू चारैजनाविरुद्ध मुद्दा दायर भएको छ।

अर्का मुख्य तस्कर मानिएका नेपाल केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङसमेत धरौटीमा छुटेर चालकहरू जेल चलान भएपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू चकित भएका छन्। पक्राउ परेकामध्ये दाम्पा र दिलीप रसुवागढी नाकामा गाडी चलाउने काम गर्दै आएका थिए। नाकापारि रसुवाका स्थानीय मात्र जान पाउने भएकाले उनीहरूले गाडी वारपार गराउने काम गर्दै आएका थिए। एक-एक हजार रुपैयाँ लिएर उनीहरूले गाडी वारपार गराएका थिए। सोही आधारमा उनीहरूलाई तस्करीमा मिलेमतो रहेको भन्दै मुद्दा चलाउन नमिल्ने प्रहरीको राय थियो। ती चालकहरूलाई सशस्त्र प्रहरीकै कर्मचारीले चिनियाँ तस्करसँग चिनजान गराइदिएका थिए। त्यतिवेला डिउटीमा रहेका सशस्त्र प्रहरीलाई पनि काठमाडौं परिसरले सोधुपुछ गरे पनि मुद्दा चलाएन। जबकी उनीहरूले ती चालकहरूलाई आफूहरूले नै चिनियाँसँग भेटघाट गराएको बताएका थिए।

१९ भदौमा महानगरीय अपराध महाशाखाले केरुङ नाका हुँदै भित्रिएको ८८ केजी सुन बरामद गरेको थियो। पक्राउ परेकाहरूलाई संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरेको हो।

प्रहरीले चालक मनोज अधिकारीलाई ८८ केजी सुनसहित क्षेत्रपाटीबाट पक्राउ गरेको थियो। उनलाई बा१७च ६४२७ नम्बरको गाडी क्षेत्रपाटीबाट ठमेल पुर्‍याउन लगाइएको थियो। अपराध महाशाखा र काठमाडौं परिसरले करिब दुई महिना लगाएर अनुसन्धान गर्ने क्रममा तस्करीमा संलग्न केही ठूला व्यक्तिलाई पनि पक्राउ गरेको थियो। तर, चिनियाँहरू भने भाग्न सफल भएका थिए। चिनियाँ नागरिक पेन बेइमिङ र उनकी श्रीमती याङ केरुङ नाका भएरै भागेका थिए। नेताहरूसँग समेत उनीहरूको सम्बन्ध भएकाले सजिलै भागेको आशंका गरिएको छ।

You may also Like this

थप समाचार

प्रदेश प्रमुख भोलि तोकिने
प्रदेश प्रमुख भोलि तोकिने

कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रि ...

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने
मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै ...

दाहाललाई उचाल्दै मधेसवादी दल !
दाहाललाई उचाल्दै मधेसवादी दल !

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई फुटाउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठब ...

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट
निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टं ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...