अध्यक्षका उम्मेदवारको गाडीमा अज्ञात समूहद्धारा आगजनी

२०७४ बैशाख २३ गते ११:३० मा प्रकाशित


aagjaniनुवाकोट, वैशाख २३ । नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीमा अज्ञात समूहले गए राति आगजनी गरेको छ ।

शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को स्कार्पियो गाडीमा तोडफोड गरी आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

चुनावी प्रचारबाट फर्केर राति ११ बजे पञ्चकन्या गाउँपालिका–५ शिवालयमा रोकिराखिएको अवस्थामा अज्ञात समूहले गाडीमा क्षति पुर्‍याएको र अहिले घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तोडफोड र आगजनीबाट गाडीका इन्जिन, सिट, झ्याललगायतमा पूर्ण क्षति पुगेको छ ।

शुक्रबार मात्र शिवपुरी गाउँपालिका–७ मा नेकपा ९एमाले०बाट वडाध्यक्षका उम्मेदवार राजाराम गुनीको प्रचार अभियानमा काँग्रेस कार्यकर्तासँग झडप भएको थियो ।

झडपमा घाइते भएका एमाले समर्थित चन्द्रबहादुर तामाङलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

दार्खा ९धादिङ०–थाँक्रे गाउँपालिकामा आज बिहान चुनाव प्रचारका लागि प्रयोग गरिएको एउटा गाडीमा आगजनी भएको छ ।

बिहान १ः३० बजे गाउँपालिकाको सङ्ग्रामटारमा बा ९ च ८९२९ नंको हाइलक्स जिपमा आगजनी भएको हो ।

नेकपा९एमाले०का तर्फबाट थाँक्रे–२ का वडाध्यक्षका उम्मेदवार राजकुमार पौडेलले आफ्नो चुनावी प्रचार सकेर घरको परिसरभित्र राखेको अवस्थामा गाडी जलाइएको हो ।

मध्य रातमा आएका तीन जनाको अज्ञात समूहले गाडीमा तोडफोड गरी पेट्रोल छर्केर आगो लगाई भागेको बताइएको छ ।

गाडीमा आगलागी भएलगत्तै प्रहरीले आगलागीमा संलग्नको खोजीलाई तीव्र बनाएको छ । रासस

You may also Like this

थप समाचार

मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा
मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर यात्राको तयारीका विषयमा बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारती ...

एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण
एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण

काठमाडौँ । नव बर्ष २०७५ सालको उपलक्ष्यमा एभरेष्ट बैंक लिमिटेडको लगनखेल शाखाले ललितपुर महानगरपालिका वडा नम्वर ७ डुपाट स्थित न ...

आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई
आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई

काठमाडौं । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान भर्ने विमान कम्पनीमा बुद्ध एयर सबैभन्दा अग्रस्थानमा देखिएको छ । एक वर्षमा मात् ...

पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ
पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ

पर्सलाई धेरैजसो मानिसले आफ्नो पछाडिको खल्तीमा राख्ने गर्दछन् । यदि तपाईं पनि यस्तै गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानी तुरुन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...